१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप हेर्न २०० जना भन्दा बढी नेपाली जाने, राष्ट्र बैंकको कडाइले घट्यो हेर्न जानेको संख्या

२१ भाद्र २०७९, मंगलवार ०८:३९

भदौ २०, काठमाडौँ | आगामी नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल प्रतियोगिता हेर्न नेपालबाट दुई सय जनाभन्दा बढी नेपाली जाने भएका छन्।

विश्वकप हेर्न जान चाहनेका लागि फिफाले तोकेको आधिकारिक कम्पनी म्याच हस्पिटालिटीको नेपालका लागि एक मात्र एजेन्ट जेनिथ एक्सपेरियन्सेस ट्राभल सर्भिसेज हो। 

यसबाहेक फिफाले प्रतियोगिताका स्पोन्सर कम्पनीहरु तथा एन्फालाई उपलब्ध गराउने टिकटमार्फत विश्वकप हेर्न जानेहरुको संख्या भने यकिन भइसकेको छैन। 


सरकारले पर्यटक भिसामा विदेश घुम्न निरुत्साहित गर्ने गरी कार्यविधि जारी गरेको अवस्थामा २ सय जनाभन्दा बढीले विश्वकप हेर्न जाने भएका छन्। कोभिड-१९ ले थलिएको ट्राभल उद्योगका लागि विश्वकपको समयले केही आशाको संचार गरेको उनको भनाइ छ।

विश्वकप फुटबल हेर्न जानका लागि टिकट बुकिङ गराउनेहरु तीन प्रकारका छन्। विभिन्न कर्पोरेट घराना, साथीभाई टोली मिलेर जाने युवा र व्यक्तिगतरूपमा गएर कतारमा आफन्तकहाँ बसेर विश्वकप हेरेर फर्कने योजना बनाएकाहरुले टिकट लिएको प्रबन्ध निर्देशक शाहले बताइन्।

कम्पनीले ३ सयदेखि पाँच सय जनासम्मलाई विश्वकप देखाउन लैजाने योजना बनाएको थियो। टुरिस्ट भिसामा नेपालीलाई बाहिर जान निरुत्साहित गर्ने सरकारी नीति तथा राष्ट्र बैंकको विदेशी मुद्रामा गरेको कडाइले कर्पोरेटस्तरमै दुई सय जतिको संख्या गुमाएको हो।

कतारले यस वर्ष विश्वकप प्रतियोगितामा विश्वभरबाट १२ देखि १५ लाख भन्दा बढी मानिस भित्र्याउने लक्ष्य राखेको छ। फिफाका अनुसार कतार, साउदी अरेबिया, अमेरिका, मेक्सिको, यूएई, बेलायत, अर्जेन्टिना, ब्राजिल, वेल्स र अष्ट्रेलियाका नागरिकले सबैभन्दा धेरै टिकट किनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट