२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप हेर्न २०० जना भन्दा बढी नेपाली जाने, राष्ट्र बैंकको कडाइले घट्यो हेर्न जानेको संख्या

२०७९, २१ भाद्र मंगलवार ०८:३९

भदौ २०, काठमाडौँ | आगामी नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल प्रतियोगिता हेर्न नेपालबाट दुई सय जनाभन्दा बढी नेपाली जाने भएका छन्।

विश्वकप हेर्न जान चाहनेका लागि फिफाले तोकेको आधिकारिक कम्पनी म्याच हस्पिटालिटीको नेपालका लागि एक मात्र एजेन्ट जेनिथ एक्सपेरियन्सेस ट्राभल सर्भिसेज हो। 

यसबाहेक फिफाले प्रतियोगिताका स्पोन्सर कम्पनीहरु तथा एन्फालाई उपलब्ध गराउने टिकटमार्फत विश्वकप हेर्न जानेहरुको संख्या भने यकिन भइसकेको छैन। 


सरकारले पर्यटक भिसामा विदेश घुम्न निरुत्साहित गर्ने गरी कार्यविधि जारी गरेको अवस्थामा २ सय जनाभन्दा बढीले विश्वकप हेर्न जाने भएका छन्। कोभिड-१९ ले थलिएको ट्राभल उद्योगका लागि विश्वकपको समयले केही आशाको संचार गरेको उनको भनाइ छ।

विश्वकप फुटबल हेर्न जानका लागि टिकट बुकिङ गराउनेहरु तीन प्रकारका छन्। विभिन्न कर्पोरेट घराना, साथीभाई टोली मिलेर जाने युवा र व्यक्तिगतरूपमा गएर कतारमा आफन्तकहाँ बसेर विश्वकप हेरेर फर्कने योजना बनाएकाहरुले टिकट लिएको प्रबन्ध निर्देशक शाहले बताइन्।

कम्पनीले ३ सयदेखि पाँच सय जनासम्मलाई विश्वकप देखाउन लैजाने योजना बनाएको थियो। टुरिस्ट भिसामा नेपालीलाई बाहिर जान निरुत्साहित गर्ने सरकारी नीति तथा राष्ट्र बैंकको विदेशी मुद्रामा गरेको कडाइले कर्पोरेटस्तरमै दुई सय जतिको संख्या गुमाएको हो।

कतारले यस वर्ष विश्वकप प्रतियोगितामा विश्वभरबाट १२ देखि १५ लाख भन्दा बढी मानिस भित्र्याउने लक्ष्य राखेको छ। फिफाका अनुसार कतार, साउदी अरेबिया, अमेरिका, मेक्सिको, यूएई, बेलायत, अर्जेन्टिना, ब्राजिल, वेल्स र अष्ट्रेलियाका नागरिकले सबैभन्दा धेरै टिकट किनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै