१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१८ वर्ष माथिकालाई लक्षित चिप्स, आखिर किन बन्यो विवादास्पद ?

२९ भाद्र २०७९, बुधबार १०:५७

एजेन्सी । आलुको चिप्स धेरैलाई असाध्यै मनपर्छ । कतै बाहिर घुम्न जाँदा, साथीभाइको जम्काभेटमा र कतिपय अवस्थामा त यस्सो जम्ने बेलामा सितनका लागि यसलाई सम्झिने गरिन्छ । चिप्स विभिन्न स्वाद, भेराइटिमा उपलब्ध छ । तर यहाँ जुन स्वादको चिप्सको कुरा गर्न लागिएको छ, त्यो सुन्दा तपाईं तीन छक पर्ने पक्का छ ।

भर्खरै गरिएको एक अनुसन्धान अनुसार युवा–युवतीहरु आफ्ना आमा–बुवा जुन उमेरमा प्रेममा परेका थिए, त्यो उमेरमा प्रेममा पर्ने सम्भावना तीन गुणा कम भएको छ । सोसल मिडिया र भर्चुअल जीवनमा हाम्रो प्राथमिकता पनि यसका लागि जिम्मेवार छन् । तर लिथुआनियाको आलु चिप्स कम्पनीले यो ट्रेन्डलाई उल्ट्याउँदै छ । उक्त कम्पनीले निकै विवादास्पद र १८ वर्षभन्दा माथिकालाई लक्षित गर्दै आलु चिप्सको उत्पादन गरेको छ । ‘चाज पटेटो चिप्स’ले पछिल्लो समय मसल्स र ह्वाइट वाइन फ्लेभरको र ब्लडी मेरी ककटेलको चिप्स उत्पादन गरिरहेको छ तर सबैभन्दा चर्चा एउटा यस्तो फ्लेभरको भइरहेको छ, जसको स्वाद महिलाको यौनाङ्गको जस्तो भनिएको छ ।


महिलाको यौनाङ्गजस्तो फ्लेभर ? यसको फ्लेभरलाई पहिचान गरेर आलुको चिप्समा राख्न कसरी सम्भव होला ? यसको जवाफ चाज वेबसाइटले दिएको छ । वेबसाइटका अनुसार मार्केटिङ विभागले यसका लागि धेरै नै मिहिनेत गरेका छन् । आफ्नै अनुभवको आधारमा पनि उनीहरुले यसको उत्पादनमा सघाउ पुर्याएका छन् ।

अडिटी सेन्ट्रलका अनुसार​श्रृङ्खलाबद्ध वादविवादपछि यो समूहले आफूले छानेका सामग्रीहरु असाध्यै कमजोर भएको स्वीकार गरे । त्यसपछि पाँच सदस्य (केटा–केटी दुबै) लाई उचित सूची तयार गर्न भनियो । उनीहरुले यसका लागि इन्टरनेटको सहारा लिए । उनीहरुले प्रयोगकर्तालाई ‘भल्भा’ को स्वादले के कुरा स्मरण गराउँछ भनेर साधे । उनीहरुले जवाफ पनि पाए । यसका साथै, उनीहरुले वैज्ञानिक आधारबारे पनि अनुसन्धान गरे । अन्ततः यो कम्पनीले चिप्सलाई विभिन्न स्वादसहित बजारमा उतारे ।

फ्लेभरको सूची तयार पारेपछि यसलाई युरोपका तीन ठूल्ठूला मसला उत्पादक कम्पनीलाई समेत पठाइयो । उनीहरुले मसलाका थुप्रै स्याम्पल तयार पारे । तीमध्ये चाज कम्पनीले त्यस्तै स्वाद प्रदान गर्ने सिमित मात्रै छनोट गर्यो । कम्पनी आफैँ सन्तुष्ट नभएसम्म उनीहरुले मसलामा थप घट गरिरहे र चित्त बुझेपछि मात्रै सर्वसाधारणका लागि उपलब्ध गराए ।

कम्पनीले यी चिप्स ‘निडर’ र ‘स्वतन्त्र’ व्यक्तिका लागि लक्षित गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट