१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिट्ठा किन्न छोराको खुत्रुक्के फुटाएर ५० रुपैयाँ लिएका अनुपको भाग्य चम्कियो, २५ करोड जिते

५ आश्विन २०७९, बुधबार १२:२०

असोज ५, काठमाडौं | दुई वर्षका छोराको खुत्रुक्के फुटाएर भारतको केरल राज्यस्थित श्रीवराहम निवासी अनुप बी जब पैसा लिँदै थिए, पत्नीले उनलाई निकै गाली गरेकी थिइन् । तर पत्नीको गालीलाई बेवास्ता गर्दै उनले जब चिट्ठा किने, त्यसले उनको भाग्य चम्कियो। उनले सोही चिट्ठाबाट २५ करोड भारु जितेका छन् ।


२९ वर्षीय अनुपका अनुसार उनले ५०० रुपैयाँको चिट्ठा किनेका थिए । उक्त चिट्ठा किन्न उनलाई ५० रुपैयाँ नपुगेपछि छोराको खुत्रुक्के फुटाएर पैसा निकाल्नु परेको थियो ।

उनले बीबीसी हिन्दीसँग भने, ‘भोलिपल्टै चिट्ठाको नतिजा आउँदै थियो, मसँग ५० रुपैयाँ अपुग थियो, खुत्रुक्के फुटाउनुबाहेक अर्को विकल्प पनि थिएन ।’

तर, उनको यो कदमले परिवारकै लागि भाग्यको ढोका खोलेको छ । अटो रिक्सा चलाएर जीविकोपार्जन गर्दैै आएका उनले आफू अहिले ऋणमा रहेको पनि सुनाए । उनले उक्त रकमबाट सबैभन्दा पहिला ऋण तिर्ने बताए । ५/६ लाख रुपैयाँ ऋण तिर्नुपर्ने उनको भनाइ छ ।

उनले चिट्ठामा २५ करोड रुपैयाँ जितेपछि कर कट्टी लगायतका प्रक्रिया पूरा गरेर १५ करोड ७५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । ऋण तिरेर बाँकी रहेको पैसाले घर बनाउने, होटल खोल्ने र केही सामाजिक काम गर्ने उनको योजना छ ।

यो पनि संयोग नै हो कि अघिल्लो वर्ष ओणम बम्पर लटरीको टिकट एक रिक्सा चालकलाई नै परेको थियो र अनुप पनि अटो रिक्सा नै चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट