२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिग्रेको एटीएमबाट साडे १४ करोड निकालेर ५ महिनामै खर्च !

२०७९, १३ आश्विन बिहीबार ०८:४१

असोज १३, काठमाडौं | एजेन्सी | पेशाले एक रेष्टुरेन्ट बारमा बारटेन्डर रहेका एकजना युवक जब एकदिन आफ्नो खाता रहेको बैंकको एटीएममा पैसा निकाल्न गए तब बिग्रिएको एटीएमबाट ह्वारह्वार्ती पैसा निस्किन थाल्यो र उनले साढे १४ करोड रुपैयाँ बराबरको रकम प्राप्त गरे ।

माल पाएर चाल नपाउने भनेझैं तालुमा आलु फलेर प्राप्त गरेको कराडौं रुपैयाँ खर्च गर्न उनलाई पाँच महिना पनि लागेन ।

उनले त्यो रकम युवतीहरुसँग मोजमस्ती तथा पार्टीमै उडाए । उनले त्यो रकमलाई युवतीहरुसँग प्राइभेट जेटमा पार्टी गर्नमै खर्च गरे ।

हालै एक पडकास्टमा उनले उक्त घटनाको बारेमा खुलासा गरेका छन् । डान सान्डर्स नामका ती युवकले एटीएम मेसिनको प्राविधिक कमजोरीका कारण करोडौं रुपैयाँ हात पारेका थिए । तर, पाँच महिनामै मोजमस्तीमा उक्त करोडौं रकम खर्च गर्नु उनका लागि अभिशाप बन्यो । उनले जेल समेत जानु पर्‍यो ।


यद्यपि डानलाई उक्त घटनाप्रति कुनै दु:ख छैन । आफूले उक्त सबै रकम केवल पार्टीमा मात्र खर्च नगरी एकजना साथीको कलेजको शुल्क समेत तिरिदिएको बताउँछन् ।

आखिर एटीएम मेसिनबाट उनले कसरी करोडौं रकम प्राप्त गरे त ? यो कहानी पनि रोचक छ ।

डान अष्ट्रेलियाको वांगाराट्टामा बस्दछन् । उनी मदिरा पिउने उद्देश्यले घरबाट निस्किएका थिए । त्यसपछि पैसा निकाल्न उनी एटीएममा छिरे ।

उनले करिब १६ हजार रुपैयाँ बराबरको रकम निकाल्ने कोसिस गरेका थिए । तर एटीएम मेसिनको स्क्रिनमा कारोबार रद्द भएको मेसेज देखियो । उनले रकम निकाल्ने कोसिस फेरि गरे र अन्ततः नगद प्राप्त गरे ।

उनले उक्त घटनाको बारेमा धेरै सोचविचार गरेनन् तर घर फर्किपछि एकपटक पुनः पैसा निकाल्न एटीएम गए । त्यसपटक उनले १ लाख रुपैयाँ बराबरको रकम निकाल्ने कोसिस गरे ।। दुईतीन पटकको प्रयास पछि मात्र उनले उक्त रकम निकाल्न सफल भए ।

एकपटक एटीएमको स्क्रिनमा कारोबार रद्दको मेसेज देखियो तर उक्त मेसेजका बाबजुत एटीएम मेसिनबाट नगद निस्कियो । हरेक पटक पैसा निकाल्दा कारोबार रद्दको मेसेज देखिने तर नगद निस्किने र उनको अकाउन्टबाट रकम पनि कट्टी नहुने घटना दोहोरियो ।

डानले अर्को दिन बैंकमा फोनमा गरेर आफ्नो अकाउन्टमा कुनै गडबडी पो छ कि भनेर जान्ने प्रयास गरे ।

पछि डानले आफैं थाहा पाए कि रातको १ देखि ३ बजेसम्मको समयमा उक्त एटीएम रातको एकदेखि तीन बजेसम्मको समयमा बैंकको नेटवर्कबाट विच्छेद हुँदो रहेछ ।

उक्त समयमा आफूलाई चाहिएजति रकम एटीएमबाट निकाल्न सकिने मौका रहेको उनले थाहा पाए । त्यसपछि त डानले पटक-पटक गरी सोही समयमा थुप्रै रकम निकाले । उनी सहरका चर्चित रेष्टुरेन्टहरुमा जान्थे र पबमा मदिरा पिउने र मस्ती गर्नका लागि बेपरवाह रकम खर्च गर्दथे ।

छानबिनको क्रममा डानले बैंकको उक्त गल्तीको फाइदा उठाउँदै करिब साडे १४ करोड रुपैयाँ बराबरको रकम निकालेर खर्च गरेको पाइएको छ । त्यसमध्ये करीब ७० लाख रुपैयाँ उनले २० सिटे निजी जेट विमानमा महिला साथीहरुलाई घुमाउनका लागि खर्च गरेका थिए ।

द सनको रिपोर्ट अनुसार डानले एकपटक मिनी बस भाडामा लिए । त्यसपछि उक्त बसलाई मेलबर्नमा रहेका हरेक ब्याकप्याकर होस्टेलमा बस्ने मानिसहरुलाई बसालेर यारा भ्यालीमा लगी पूल पार्टीको आयोजना गरे ।

डानले करोडौँ रुपैयाँ एटीएमबाट निकालेर निस्फ्रिक्री खर्च त गरेका थिए तर उनको मनमा अपराधबोध थियो र कुनै दिन पक्राउ पर्छु भन्ने डर पनि थियो । त्यसपछि उनी चिन्ताले घेरिए र बिरामीजस्तो भएर आफ्नो डाक्टरकोमा परामर्शका लागि पुगे ।

उनले मनोचिकित्सकलाई सबै कुरा भने । डाक्टरले पनि उनलाई पुलिस समक्ष गएर आत्मसमर्पण गर्न सल्लाह दिए ।

तर उनले प्रहरीसँग सम्पर्क गर्नुको साटो सन् २०११ मा बैंकसँग सम्पर्क गरेर सबै कुरा बताए । बैंकका अधिकारीहरुले पनि यस विषयमा आफुहरुले पुलिसलाई सबै कुरा बताइसकेको जानकारी गराए । तर उनीमाथि बैंकले कुनै कारवाही गरेन । त्यसबीच डानको जीवनशैलीका बारेमा मिडियामा चर्चा हुन थाल्यो ।

त्यसको तीन वर्षपछि मात्र १११ वटा चोरी तथा धोकाधडीको अभियोगमा डानलाई प्रहरीले गिरफ्तार गर्‍यो । सन् सन् २०१६ को मे महिनामा उनी जेलमुक्त भए । जेलमुक्त भएपछि उनले पुनः बारमा काम गर्न सुरु गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै