२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरिक्षमा मृत्यु भए शवको अवस्था कस्तो हुन्छ ?

२०७९, २४ आश्विन सोमबार ०९:५८

असोज २४, काठमाडौँ । एजेन्सी | अन्तरिक्ष पर्यटनकै विकास भइसकेको अहिलेको अवस्थामा अन्तरिक्षको यात्रा अब नौलो कुरा रहेन । ब्लु ओरिजिन तथा भर्जिन ग्यालेक्टिक जस्ता कम्पनीले पर्यटकलाई अन्तरिक्षको भ्रमण समेत गराइरहेका छन् ।

एलन मस्कको कम्पनी स्पेस एक्सले मंगल ग्रहमा बस्ती बसाउने तयारी गरिरहेको छ । छिट्टै नै पृथ्वीको तल्लो कक्ष अर्थात् पृथ्वीभन्दा ५०० किलोमिटरमाथिसम्मको यात्रा निकै सामान्य तथा सहज हुनेछ । तर यदि अन्तरिक्षमै कोही मानिसको मृत्यु भयो भने के होला ? अन्तरिक्षमा मृत्यु हुँदा मृत शरीरको अवस्था के होला ? शवलाई पृथ्वीमा फिर्ता ल्याइन्छ त ?

अन्तरिक्षको इतिहासमा हालसम्म एउटा मात्रै यस्तो घटना भएको छ, जसमा अन्तरिक्षमै मानिसको मृत्यु भएको छ । घटना सन् १९७१ जुन ३० मा भएको हो ।


सोयुज ११ अन्तरिक्षयान स्पेस स्टेसनबाट तीन हप्तापछि छुट्टिएर पृथ्वीमा फर्किनेवाला थियो । स्पेस स्टेसनबाट क्याप्सुल अलग भयो । त्यसमा तीन जना रुसी अन्तरिक्षयात्रीहरु, जियोर्गी डोब्रोवोलस्की, भिक्टर पातासायेभ र भ्लादिसिलाभ भोल्कोभ थिए । क्याप्सुल क्याबिनको भेन्ट भल्भ निस्कियो । त्यसपछि क्याप्सुलभित्र रहेको सबै अक्सिजन सकियो ।

अक्सिजनको अभावमा तीनैजना अन्तरिक्षयात्रीको मृत्यु भयो । अन्तरिक्षमा यस्तो घटना पहिलो र हालसम्मको अन्तिम पटक नै भएको थियो । अन्तरिक्षमा मृत्यु भएका रुसी अन्तरिक्षयात्रीको शरीर त्यसपछि के भयो ? उनीहरुलाई पृथ्वीमा ल्याइयो कि ल्याइएन ? त्यो विषय हालसम्म सार्वजनिक गरिएको छैन ।

पृथ्वीमा कुनै जीवको मृत्यु भएपछि केही समयपछि शव गल्न सुरु हुन्छ । त्यसअघि पहिले शरीरको रगतको बहाव रोकिन्छ । गुरुत्वाकर्षणका कारण रगत एकैठाउँमा जम्मा हुन थाल्छ, त्यसलाई विज्ञानको भाषामा लिभोर मोर्टिस भनिन्छ ।

त्यसपछि शरीर चिसो हुन थाल्छ, जसलाई अल्गोर मोर्टिस भनिन्छ । त्यसपछि मांसपेशीहरु कडा हुन थाल्छन् । शरीरमा रहेको क्याल्सियमले मांसपेशीका फाइबरलाई जकडाउन थाल्छ, जसलाई रिगोर मोर्टिस भनिन्छ । त्यसपछि शरीरमा रहेको इन्जाइम र प्रोटिन कोषिकाभन्दा बाहिर निस्किन थाल्छ । त्यहीबेला आन्द्रामा रहेका ब्याक्टेरिया बाहिर आउन थाल्छन् र पूरै शरीरमा फैलिन्छन् । ब्याक्टेरियाले नरम तन्तुलाई नष्ट गर्न सुरु गर्छन् र दुर्गन्ध फैलिन थाल्छ । शरीरबाट ग्यास निस्किन थाल्छ र शरीर फुल्छ ।

रिगोर मोर्टिस तबसम्म चल्छ, जबसम्म मांसपेशीहरु पूर्णरुपमा सकिंदैनन् । जबसम्म नरम तन्तुलाई ब्याक्टेरियाले पूर्ण रुपमा नष्ट गर्दैन, तबसम्म शरीरबाट दुर्गन्ध आइरहन्छ । यो भनेको शरीर सड्ने प्रक्रिया हो । त्यसका पछाडि वातावरण, तापक्रम र आसपासमा रहेका कीटाणुहरुको गतिविधि यसमा जिम्मेवार हुन्छन् । तर अन्तरिक्षमा यी सबै प्रक्रिया हुँदैनन् । अन्तरिक्षमा मृत शरीर फरक परिस्थितिमा रहन्छ र त्यहाँ ममीफिकेसन (शरीर सुक्दै जानु)को प्रक्रिया सुरु हुन्छ ।

ममीफिकेसन निकै गर्मी र ठण्डी मौसममा मात्र हुन्छ जहाँ अक्सिजन हुँदैन । शरीरको पानीले भित्र जमेको बोसोलाई नष्ट गर्दछ । त्यसले शरीर बाहिर आएर त्यसको चारैतर्फ मैन जस्तो पत्र बनाउँदछ । उक्त मैनजस्तो पत्रले शरीरको छालालाई खराब हुनबाट रोक्छ,  जसकारण छाला सड्दैन । त्यसका अलावा अर्को काम पनि हुन्छ । नरम तन्तु नष्ट हुन्छन् र हड्डीहरु देखिन थाल्छन् । तर कडा तन्तुहरु हजारौं वर्षसम्म उस्तै रहन सक्छन् ।

विभिन्न ग्रहमा गुरुत्वाकर्षणको मात्रा फरक हुन्छ । त्यसले मृत शरीरको पहिलो अवस्था अर्थात् लिभर मोर्टिस प्रभावित हुन्छ । गुरुत्वाकर्षणको अभावमा मृत शरीरमा रगत एकैठाउँमा जम्मा हुँदैन र बग्दैन पनि अनि पूरै शरीरमा फैलिएको हुन्छ । तर स्पेस शूटभित्र रहेको भए रिगोर मोर्टिस प्रक्रिया हुन्छ । यद्यपि कम अक्सिजन वा अक्सिजन अभाव भएको बेला पेटमा रहेका ब्याक्टेरियाले तन्तुहरु नष्ट गर्ने काम गर्न सक्दैनन् ।

पृथ्वीमा रहेका सूक्ष्मजीवले शरीरलाई नष्ट गर्नमा सहयोग गर्दछन् । तर अन्तरिक्षमा यस्तो हुँदैन । त्यसैले अन्तरिक्षमा नरम तन्तुहरु पनि यथावत् अवस्थामा रहन्छन् । सौर्यमण्डलका अन्य ग्रहमा पनि कीटाणु तथा अन्य जीव हुँदैनन् जसका कारण मृत शरीर गल्दैन । अर्थात् मंगल ग्रहमा कसैको मृत्यु भयो भने उसको शरीर सड्दैन । चन्द्रमामा तापक्रम माइनस १२० देखि १७० डिग्री सेल्सियससम्म हुन्छ, जसमा मृत शरीर पूर्ण रुपमा जम्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण