२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘धोका’ भएको बताउँदै पीएसजी छाड्ने मुडमा एम्बाप्पे !

२०७९, २६ आश्विन बुधबार ०६:०८

असोज २६, काठमाडौँ | किलियान एम्बाप्पेले ‘धोका’ भएको महसुस गरेको र जनवरीमा पेरिस सेन्ट जर्मेन छाड्न चाहेको फ्रेन्च फुटबल विज्ञ जुलियन लरेन्सले दाबी गरेका छन् । फ्रान्सका फरवार्डले गत मे मा क्लबसँग तीन वर्षको नयाँ करार गरेका थिए । तर, अहिले उनले ‘गल्ती’ गरेको महसुस गरेको लरेन्सको भनाइ छ ।


बीबीसीसँग कुराकानी गर्दै लरेन्सले भने, ‘२०२५ सम्म नयाँ करार गर्दा क्लबले उनलाई बाचा गरेका कुराहरू पुरा नगरेपछि उनले धोका पाएको महसुस गरेका छन् । क्लबले उनलाई नयाँ स्ट्राइकर भित्र्याउने, नेयमारलाई बेच्ने, नयाँ सेन्टर ब्याक किन्ने र उनलाई नयाँ प्रजोक्टको केन्द्रविन्दुमा राख्ने वाचा गरेको थियो । तर, त्यो पुरा नभएको उनको गुनासो छ ।’

‘त्यहाँ तनाव थियो भन्ने हामीलाई थाहा थियो तर अहिले उनले गल्ती गरेको महसुस गरेका छन् र क्लब छाड्न चाहन्छन्,’ उनले थपे । पीएसजी छाडेर उनी रियल मड्रिड जान चाहेको बताइएको छ । तर क्लबमा खेलकुद निर्देशक लुइस क्याम्पोसले भने २३ वर्षीय खेलाडीले कहिले पनि जनवरीमा क्लब छाड्नेबारे कुराकानी नगरेको बताउँछन् ।

यो सिजन पीएसजीका लागि सबै प्रतियोगितामा एम्बाप्पले १२ गोल गरेका छन् । विश्वकप विजेता खेलाडीले पीएसजीमा ११ वटा उपाधि जितेका छन् जसमा चारवटा लिग उपाधि सामेल रहेको छ । उनी सन् २०१७ मा क्लबमा भित्रिएका थिए । शुक्रबार मात्र उनी लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै फोर्ब्सको सूचीमा सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण