२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हातले अंगुर खुवाउने जागिर, मनग्गे तलब, रक्सी फ्री

२०७९, २६ आश्विन बुधबार ०८:५३

असोज २६, काठमाडौं । एजेन्सी | एउटा चर्चित रेष्टुरेन्टमा जागिरको लागि विज्ञापन खुलेको छ । रेष्टुरेन्ट यस्ता कर्मचारीको खोजीमा छ जसले ग्राहकलाई आफ्नै हातले अंगुर खुवाउनेछन् । हो, उक्त रेष्टुरेन्टले अंगुर खुवाउने कर्मचारी अर्थात् Grape Feeder  को पदमा विज्ञापन खोलेको छ । रेष्टुरेन्टले यस विषयमा पत्रिकामै विज्ञापन छपाएको छ ।


बेलायती पत्रिका द मिररका अनुसार लण्डनमा रहेको बाच्चानालिया नामक रेष्टुरेन्टमा अंगुर खुवाउने कर्मचारीको लागि विज्ञापन खुलेको हो । ब्रिटिस बिजनेस टाइकुन रिचार्ड केयरिङ उक्त रेष्टुरेन्ट चेनका मालिक हुन् ।

हालै Grape Feeder पदका लागि कर्मचारीको खोजी गर्दै उक्त रेष्टुरेन्टले पत्रिकामै विज्ञापन प्रकाशित गरेको छ । अंगुर खुवाउने पदमा काम गर्न इच्छुक उम्मेदवारले रेष्टुरेन्टमा सम्पर्क गर्नुपर्ने व्यहोरा विज्ञापनमा उल्लेख छ ।

यद्यपि उक्त जागिरका लागि केही शर्तहरु पनि छन् । त्यस्ता शर्तहरु पूरा गर्ने व्यक्तिले मात्रै जागिर पाउँदछ । जस्तै– आवेदकका हात सुन्दर हुनुपर्नेछ र युनानी तथा ल्याटिन इतिहास तथा भाषाको आधारभूत ज्ञान पनि हुनुपर्नेछ ।

विज्ञापन अनुसार छनोट हुने उम्मेदवारले जागिर सुरु गरेसँगै तलबका अतिरिक्त भत्ता पनि उपलब्ध गराइनेछ । कर्मचारीका लागि नियमित रुपमा हात तथा औंलाहरुको कस्मेटिक उपचार अर्थात् मेनिक्योरका साथै उत्कृष्ट भोजन तथा मदिरा पनि निःशुल्क रुपमा उपलब्ध गराइनेछ ।

अंगुर खुवाउने जागिरमा भर्ना हुने कर्मचारीले रेष्टुरेन्टमा आउने ग्राहकहरुलाई आफ्नै हातले अंगुर खुवाउनु पर्नेछ । यसका साथै डिनर गर्न आएका ग्राहकहरुलाई प्राचीन रोम तथा ग्रीसका गौरवशाली दिनहरुका बारेमा याद दिलाउनुपर्नेछ । यो भव्यता तथा विलासिताको मिश्रण हुनेछ ।

उक्त रेष्टुरेन्टको विज्ञापन सोसल मिडियामा भाइरल बनिरहेको छ । कतिपयले त्यसलाई सामन्ती शैली भनेर टिप्पणी गरेका छन् भने कतिपयले रेष्टुरेन्टको उक्त व्यवसायिक आइडियाको प्रशंसा पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण