१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब प्रभासले राजामौलीको पहिलो प्रस्ताव रिजेक्ट गरे

७ कार्तिक २०७९, सोमबार ०९:३३

कात्तिक ७, काठमाडौँ | सन् २०१५ को १० जुलाईमा तेलुगू फिल्म ‘बाहुबली’ रिलिज भयो, तबसम्म पनि उत्तरी भारतका दर्शकलाई थाहा थिएन कि प्रभास को हुन् भनेर । फिल्म रिलिजपपछि भने दर्शक बाहुबलीमा शिवाको भूमिका निर्वाह गरेका प्रभासको जबरजस्त फ्यान भए ।

जसलाई साउथ इन्डियन दर्शक ‘डार्लिङ’ र ‘रेबेल स्टार’को नामले चिन्थे । जब एसएस राजामौलीले बाहुबलीमा उनलाई कास्ट गरे तब पूरै देशले प्रभासको नाम सुन्यो, उनलाई मन परायो ।


सन् २०१७ मा यसको प्रिक्वेल ‘बाहुबली २’ले त भारतमा सबै फिल्मको व्यापारिक रेकर्ड नै तोड्यो । आजसम्म पनि यो रेकर्ड कसैले तोड्न सकेको छैन । यसपछि साउथ स्टार प्रभास पूरै भारतभर छाए । बाहुबली २ ले विश्वव्यापी रुपमा १ हजार ७०० करोड भारुभन्दा बढी कमाइ गरेको थियो । प्रभासका साथमा यसअघि राजमौलीको ‘छत्रपति’ फिल्म हिट भएको थियो ।

तर त्यसअघि राजमौली र प्रभासबीच निकै रोचक घटना छ । छत्रपतिअघि प्रभासले राजमौलीको फिल्म सिधै रिजेक्ट गरेका थिए ।

सन् २००१ मा रिलिज भएको ‘स्टुडेन्ट नम्बर १’ राजमौलीको डेब्यु फिल्म हो । यसको मुख्य भूमिकामा जुनियर एनटीआर थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट सावित भएको थियो ।

बक्स अफिसमा दमदार कमाइ गरेको राजमौलीको डेब्यु फिल्मलाई तेलुगू हिरो प्रभासलाई भने मन परेको थिएन । सन् २०१५ मा भएको एक कार्यक्रममा प्रभासले यो कुरा बताएका थिए । जब राजमौलीले उनलाई नयाँ फिल्मको लागि अफर गरे तत्कालै उनले रिजेक्ट गरिदिएका थिए ।

सन् २००३ मा राजामौली र जुनियर एनटीआरको जोडी फेरि एकचोटि अर्को फिल्म ‘सिंहाद्री’ लिएर दर्शकमाझ आयो । यो फिल्म पनि हिट भयो । प्रभास यसको प्रशंसा सुनिरहेका थिए । प्रभास २०१५ को सोही कार्यक्रममा बताएका थिए, ‘एक दिन तारक (जुनियर एनटीआर)ले मलाई फिल्मको प्रिभ्युका लागि बोलाए र फिल्म देखेर म मन्त्रमुग्ध भएँ ।’

प्रभास र राजमौलीको त्यसपछिको भेट ‘दिल’ फिल्मको अडियो लन्चमा भएको थियो । प्रभासले सिंहाद्री फिल्मलाई लिएर राजामौलीको प्रशंसा गरे । त्यसको केही दिनपछि राजामौलीले प्रभासलाई छत्रपतिको कथा सुनाए र काम गर्ने प्रस्ताव राखे । प्रभास यसपटक राजी भए र दुईको जोडीले अर्को एक हिट फिल्म दियो ।

लगातार फिल्म फ्लप भएपछि प्रभासलाई राजामौलीको मलम

छत्रपति त सफल भयो, तर त्यसपछि प्रभासका अन्य चार फिल्म लगातार फ्लप भए । लगातार एकपछि अर्को फिल्म फ्लप भएर निरास भएका प्रभासलाई राजामौलीले बाहुबलीको अप्रोच गरे । ‘यस्तो फिल्म जीवनमा एकपटक मिल्छ र मैले यसका लागि आफ्नो हृदयको गहिराइबाट उनलाई (राजामौली) धन्यवाद दिन चाहन्छु,’ प्रभासले भनेका थिए ।

बाहुबलीले प्रभासलाई साउथका सुपरस्टार बनाइदियो । पूरै देश र जहा जहाँ हिन्दी फिल्मको बजार छ, त्यहाँ पनि उनी चिनिए । प्रभासको जबरजस्त उदयले एक हिसाबले नर्थ र साउथ इन्डियाको सिनेमा सीमा पनि तोडियो भन्दा फरक नपर्ला ।

बाहुबली स्टार प्रभास अर्को वर्ष ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’मार्फत दर्शकमाझ आउँदैछन् । ५०० करोड भारु बजेट बताइएको यो फिल्म बहुप्रतीक्षित बनेको छ । यसपछि दीपिका पादुकोणका साथ फिल्म ‘प्रोजेक्ट के’ मा पनि देखिनेछन् । आजतकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन