नेपालमा विदेशी पर्यटकको सङ्ख्या ७१.९० प्रतिशतले वृद्धि

Posted on: 05 Nov, 2022

कात्तिक १९, काठमाडौँ | विदेशी पर्यटकको आगमनमा उच्च वृद्धि भएको छ। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१९ को अक्टोबरको तुलनामा सन् २०२२ को अक्टोबरसम्ममा नेपाल आएका विदेशी पर्यटकको सङ्ख्या ७१.९० प्रतिशतले बढेको छ। विभागका अनुसार यो वर्षको अक्टोबर महिनामा ८८ हजार ५८२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । हवाई माध्यमबाट मात्रै नेपाल भित्रिनेको यो सङ्ख्या यो वर्षकै सबैभन्दा अधिक हो। सन् २०२२ को जनवरीदेखि अक्टोबरसम्ममा चार लाख ७३ हजार ५६३ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्।

भारतबाट मात्रै १६ हजार ९१० पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । दोस्रोमा अमेरिकाबाट ११ हजार ८५९ जना पर्यटक नेपाल भित्रिएका विभागको तथ्याङ्कले देखाएको छ । आजको समाचार गोरखापत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!