२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो बिमारीलाई लिएर सामन्था भन्छिन्, ‘म मरिसकेकी छैन’

२०७९, २२ कार्तिक मंगलवार ११:१७

कात्तिक २२, काठमाडौँ । एजेन्सी | भारतीय अभिनेत्री सामन्था रूथ प्रभु रोगसँग लडिरहेकी छन्। उनले सामाजिक सञ्जालमार्फत बिरामी भएको खबर सार्वजनिक गरेकी हुन्। सामन्थाका अनुसार उनलाई ‘मायोसाइटिस’ भन्ने रोग लागेको हो। यो रोगमा शरीर कमजोर हुने र मांसपेसीहरू दुख्ने हुन्छ। गम्भीर अवस्थामा मानिसलाई उभिन र हिँड्न समेत गाह्रो हुन्छ। 


उनले आफू बिरामी भएको खबर सार्वजनिक गरेपछि प्रशंसक र उनका साथीले उनलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिएका थिए भने केही सञ्चारमाध्यमले उनको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै अफवाह फैलाएका थिए। उनले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उक्त समाचारको खण्डन गरेकी छन्। 

‘म एउटा कुरा स्पष्ट रुपमा भन्न चाहन्छु, मैले केही सञ्चार माध्यममा मेरो अवस्था गम्भीर भएको र ज्यानलाई खतरा छ भन्ने देखेँ। म जुन स्थितिमा छु, त्यसबाट मेरो ज्यानलाई कुनै खतरा छैन। म अहिलेसम्म मरिसकेकी छैन। यस्तो शीर्षक राख्न जरुरी छैन,’ उनले भनिन्।

सामन्थाको नयाँ फिल्म ‘यशोदा’ आउँदैछ। हरि शंकर र हरिश नारायणद्वारा लिखित र निर्देशित फिल्म ‘यशोदा’ सरोगेसी (भाडाको कोख) को मुद्दामा बनेको छ। भारतमा अहिले व्यावसायिक सरोगेसीमा प्रतिबन्ध लगाइएको छ। त्यसैले यो फिल्मको कथा प्रतिबन्ध लाग्नुअघिको भएको अनुमान गरिएको छ।

यशोदाको भूमिकामा देखिएकी सामन्था गरिब परिवारकी हुन्छिन्। उनी पैसाका लागि अत्याधुनिक सरोगेसी केन्द्रमा पुग्छिन् र आफ्नो कोख भाडामा लगाउँछिन्। तर यो उनले सोचेभन्दा व्यापक र भयावह हुन्छ। उनी कुनै अप्ठ्यारोमा फस्छिन्। तमिल र तेलेगू भाषामा बनेको यो फिल्म हिन्दीमा पनि डब भएको छ। यो फिल्म आगामी नोभेम्बर ११ मा रिलिज हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला