२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिफा पूर्वअध्यक्ष ब्लाटर भन्छन्– ‘कतारलाई विश्वकप अधिकार दिनु गल्ती थियो’

२०७९, २३ कार्तिक बुधबार ०६:५९

एजेन्सी | विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का पूर्वअध्यक्ष सेप ब्लाटरले मध्यपूर्वी एसियाको कतारलाई विश्वकप फुटबल प्रतियोगिता आयोजना अधिकार दिनु गल्ती भएको स्वीकार गरेका छन् । सन् २०१० मा तत्कालीन अध्यक्ष ब्लाटरले कतारलाई विश्वकप आयोजक राष्ट्र रूपमा घोषणा गर्दा चर्को विवाद भएको थियो । विश्वकप आयोजक राष्ट्र घोषणा गर्ने क्रममा फ्रान्सेली राष्ट्रपति निकोलास सार्कोज र मिचेल प्लाटिनीसँग पनि छलफल भएको ब्लाटरले खुलासा गरेका छन् । 


‘यो एउटा खराब निर्णय थियो, मसँग त्यसवेला कुनै विकल्प थिएन,’ १२ वर्षअघिको घटना सम्झँदै ब्लाटरले भने, ‘त्यसवेला जे–जति निर्णय भए, एक अध्यक्षका नाताले सबै जिम्मेवारी म लिन्छु ।’ कतारले विश्वकप आयोजना अधिकार पाउँदा सबैले अमेरिकाले पाउने अनुमान गरेका थिए । तर, ब्लाटरले सन् २०२२ को आयोजक राष्ट्र कतारको नाम घोषणा गर्दा सबै स्तब्ध भएका थिए । सन् २०२२ विश्वकपको आयोजना अधिकारका लागि पाँच देशबीच प्रतिस्पर्धा भएको थियो । सोही दिन नै सन् २०१८ को विश्वकप आयोजक राष्ट्र रसियाको समेत घोषणा भयो । 

१२ वर्षअघि कतारले विश्वकप गर्न अधिकार पाउँदा मिलेमतो भएको आशंका गरिएको थियो । तत्कालै अध्यक्ष ब्लाटरसहित फिफाका धेरै पदाधिकारीमाथि मुद्दा चलायो । फिफाको वित्तीय भ्रष्टाचारको मुद्दामा संघीय आपराधिक अदालतबाट गत जुलाईमा ब्लाटरले सफाइ पाएका थिए ।

पेरिस बैठकमा निर्णय परिवर्तन 

ब्लाटरले स्थानीय स्विस सञ्चारमाध्यम टामिडियासँग मंगलबार गरेको साक्षात्कार कार्यक्रममा कतारलाई विश्वकप दिन नहुने दोहोर्‍याएका छन् । ब्लाटरले सन् २०२२ को विश्वकप राष्ट्र घोषणा गर्नुपूर्व आफूमाथि दबाब आएको समेत खुलासा गरेका छन् ।२ डिसेम्बर २०१० मा फिफा कार्यकारी समितिको बैठकको एक साताअघि फ्रान्सेली राष्ट्रपति सार्कोजीले आयोजना गरेको बैठकमा कतारलाई आयोजक राष्ट्र बनाउनुपर्ने दबाब दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला