२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्नीसँग पनि सहमतिबेगर ‘सम्बन्ध’ राखे बलात्कार !

२०७९, २४ कार्तिक बिहीबार ०७:२२

कात्तिक २४, काठमाडौँ | भारतको नयाँ दिल्लीका लेफ्टिनेन्ट गभर्नर (एलजी) वीके सक्सेनाले कम उमेरकी पत्नीसँग हुने शारीरिक सम्बन्धलाई समेत बलात्कारको संज्ञा दिँदै गृह मन्त्रालयलाई प्रस्ताव पठाएका छन् ।

बीबीसी हिन्दीका अनुसार वीके सक्सेनाले १५ देखि १८ वर्ष उमेरकी श्रीमतीसँग असहमतिमा यौनसम्पर्क गरेमा त्यसलाई भारतीय दण्डसंहिता (आईपीसी) अन्तर्गत बलात्कार र दण्डनीय मानिने सुझाव दिएका छन् ।

महिलासम्बन्धी संघसंस्थाले यो सिफारिशलाई स्वागत गरेका छन् तर यसको दायरा १८ वर्षको उमेरमा मात्रै सीमित गर्न नहुने उनीहरूको जोड छ ।

भारतीय गृह मन्त्रालयमा पठाइएको यो प्रस्तावमा एलजी वीके सक्सेनाले आईपीसीको दफा ३७५ को उपदफा २ हटाउन सिफारिश गरेका छन् ।

यस वर्षको शुरूमा दिल्ली उच्च अदालतले वैवाहिक बलात्कारको अपराधीकरण र आईपीसीको दफा ३७५ (२) को बैधतालाई चुनौती दिएको थियो ।

उक्त उपधारामा पुरुषले १५ वर्ष वा सोभन्दा बढी उमेरकी श्रीमतीसँग निजको मञ्जुरीविना शारीरिक सम्बन्ध राखेमा पनि त्यसलाई बलात्कार मानिँदैन भनिएको छ ।

यस व्यवस्थाले संविधानको धारा १४ र २१ को उल्लंघन भएको भन्दै महिलावादी संघ-संस्थाले आवाज उठाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला