२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्नीसँग पनि सहमतिबेगर ‘सम्बन्ध’ राखे बलात्कार !

२४ कार्तिक २०७९, बिहीबार ०७:२२

कात्तिक २४, काठमाडौँ | भारतको नयाँ दिल्लीका लेफ्टिनेन्ट गभर्नर (एलजी) वीके सक्सेनाले कम उमेरकी पत्नीसँग हुने शारीरिक सम्बन्धलाई समेत बलात्कारको संज्ञा दिँदै गृह मन्त्रालयलाई प्रस्ताव पठाएका छन् ।

बीबीसी हिन्दीका अनुसार वीके सक्सेनाले १५ देखि १८ वर्ष उमेरकी श्रीमतीसँग असहमतिमा यौनसम्पर्क गरेमा त्यसलाई भारतीय दण्डसंहिता (आईपीसी) अन्तर्गत बलात्कार र दण्डनीय मानिने सुझाव दिएका छन् ।

महिलासम्बन्धी संघसंस्थाले यो सिफारिशलाई स्वागत गरेका छन् तर यसको दायरा १८ वर्षको उमेरमा मात्रै सीमित गर्न नहुने उनीहरूको जोड छ ।

भारतीय गृह मन्त्रालयमा पठाइएको यो प्रस्तावमा एलजी वीके सक्सेनाले आईपीसीको दफा ३७५ को उपदफा २ हटाउन सिफारिश गरेका छन् ।

यस वर्षको शुरूमा दिल्ली उच्च अदालतले वैवाहिक बलात्कारको अपराधीकरण र आईपीसीको दफा ३७५ (२) को बैधतालाई चुनौती दिएको थियो ।

उक्त उपधारामा पुरुषले १५ वर्ष वा सोभन्दा बढी उमेरकी श्रीमतीसँग निजको मञ्जुरीविना शारीरिक सम्बन्ध राखेमा पनि त्यसलाई बलात्कार मानिँदैन भनिएको छ ।

यस व्यवस्थाले संविधानको धारा १४ र २१ को उल्लंघन भएको भन्दै महिलावादी संघ-संस्थाले आवाज उठाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा