१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा राष्ट्रपति सिको राजीनामा माग

१२ मंसिर २०७९, सोमबार ०९:०७

एजेन्सी | चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकार विरोधी प्रदर्शन चर्किँदै गएको छ । प्रदर्शनकै क्रममा केही पक्राउ पनि परेका छन् । आइतबार राति चीनको प्रमुख व्यापारिक सहर सांघाईमा प्रदर्शनमा सहभागी भएका केही पक्राउ परेका बीबीसीले जनाएको छ ।


सांघाईको मुख्य प्रदर्शनस्थलमा अहिले प्रहरीले सर्वसाधारण नागरिकलाई प्रवेशमा रोक लगाएको छ । त्यो सडक आसपासमा हिँड्ने र तस्बिर लिनेलाई प्रहरीले ठाउँको ठाउँमा समात्ने गरेको छ ।

चीनको उरुम्चीस्थित एक अपार्टमेन्टमा आगलागी भएर १० जनाको मृत्यु भए लगत्तै प्रदर्शन सुरु भएको थियो । सरकारले लकडाउन गरेर घरबाहिर निस्किन नदिएकै कारण उनीहरूको मृत्यु भएको भन्दै उरुम्चीबाट सुरु भएको प्रदर्शन चीनका अन्य सहरमा पनि फैलिएको छ ।

र यो विरोध प्रदर्शन सरकारको शून्य कोभिड नीतिको विरोधमा बदलिएको छ र प्रदर्शनकारीले राष्ट्रपति सी जिनपिङको राजीनामासमेत मागेका छन् । केही ठाउँमा प्रदर्शनकारीले मैनवत्ती बालेका छन् त केही ठाउँका प्रदर्शनकारी सेतो कागज देखाउँदै जुलसमा सहभागी भएका छन् ।

चीनमा कम्युनिष्ट पार्टी र सरकारविरुद्ध बोल्नुलाई निक्कै खतरनाक मानिन्छ । सरकार र पार्टी विरुद्ध बोल्ने, प्रदर्शन गर्नेलाई जेल सजायसमेत हुन सक्छ । तर पनि त्यसको प्रवाह नगरी चिनियाँ नागरिक सडकमा निस्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै