२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकबाट यसरी बनाइन्छ समावेशी

१३ मंसिर २०७९, मंगलवार ०३:३०

मङ्सिर १३, काठमाडौँ | प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना हुन बाँकी छ । सोमबार साँझसम्म करिब ९४ लाख मतगणना भइसकेको छ । जारी गणनामा नेकपा (एमाले) पहिलो स्थानमा छ । 

समानुपातिक मतगणना जारी रहँदा बन्दसूचीमा परेकालाई दलको सिट र सम्भावित प्रतिनिधित्वको बहसले छोएको छ । दलले ल्याउने मतका आधारमा प्रतिनिधित्व सुनिश्चित हुने हुँदा सूचीमा रहेका उम्मेदवार परिन्छ वा परिन्न भनेर मत तालिका विश्लेषण गरिरहेका छन् । अघिल्लो पटकजस्तै यस पटक पनि प्रत्यक्षमा कम महिला निर्वाचित भएपछि समानुपातिकबाटै संवैधानिक व्यवस्था पूर्तिको बाध्यता छ । जसकारण समानुपातिक बन्दसूचीका खसआर्यतर्फ पुरुष समूहका रहेका धेरैलाई गणना चासोको विषय पनि छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन तथा नियमावलीको व्यवस्थाअनुसार समानुपातिकतर्फको गणना सकिएपछि सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड कटाउने दलहरूको सिट विभाजन निर्वाचन आयोगले गर्नेछ । विभाजनअनुसार दलहरूले बन्दसूचीमा रहेकामध्येबाट समावेशी प्रतिनिधित्व पूरा गर्ने गरी उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने छन् ।

यसअघिको बुझाएको रोलक्रमअनुसार नै दलहरूले उम्मेदवार सूची बुझाउनुपर्नेछ । तर त्यसका लागि राष्ट्रिय सभामा भएको प्रतिनिधित्वसमेत हेर्नुपर्नेछ । संविधानको धारा ८३ ले प्रतिनिधि सभा र राष्ट्रिय सभालाई सङ्घीय संसद् मानेको छ ।  धारा ८४ (८)ले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलले कुल सदस्यको एकतिहाइ महिला प्रतिनिधित्व गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै समावेशी व्यवस्था सङ्घीय संसद्को दुवै सदनको सङ्ख्याअनुसार हुने कानुनी व्यवस्था छ । 

मत परिणाम सार्वजनिक भएपछि आयोगले सिट सङ्ख्या निर्धारण र महिला प्रतिनिधित्व सङ्ख्यासमेत यकिन गरेर दललाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य