८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अक्सिजन घट्नेछ, पानीमा विष घोलिनेछ, यसरी आउनेछ छैटौँ महाविनाश : वैज्ञानिकले तोकिदिए समय

१४ मंसिर २०७९, बुधबार ०७:५३

मङ्सिर १४, काठमाडौँ | प्रलय, सर्वनाश वा सामूहिक विनाश त्यो अवस्थालाई भनिन्छ जब एकैपटक पूरा प्रजाति धर्तीबाट गायब हुन्छन् । यसबारे बुझ्नका लागि सबैभन्दा पहिला पहिलो विनाशबारे जानकारी लिऔँ । लगभग ४४३ मिलियन वर्ष अघि पहिलो प्रलय आएको थियो । यसलाई एन्ड–अर्डोविसियन भनियो । यतिबेला धर्तीमा जति पानी थियो, सबै बरफ भए । समुद्र र त्योभन्दा बाहिर चिसोले जीव मर्न थाले । यतिबेला लगभग ८६ प्रजाति नष्ट भए । बाँकी भएकाहरुले आफूलाई नयाँ परिवर्तन अनुसार आफूलाई ढाले । सन् २०१७ को करेन्ट बायलोजी जर्नलमा यसबारे विस्तृत जानकारी दिइएको छ ।


दोस्रो पटक प्रलय लगभग ३५९ देखि ३८० मिलियन वर्ष अघि आयो । यसको पक्का मिति वैज्ञानिकलाई पनि थाहा छैन । यसलाई एन्ड डेवोनियन भनियो । धर्तीमा ज्वालामुखी अचानक सक्रिय हुन थाले र अक्सिजनको स्तर कम हुन थाल्यो र प्रजातिहरु नष्ट हुन थाले । यो यति भयानक थियो कि त्यतिबेलाका ७५ प्रतिशतभन्दा बढी प्रजाति नष्ट भए । यतिबेला थुप्रै माछा र कोरल नष्ट भए । रोचक के भयो भने छोटो कद र तौल भएका प्रजाति जस्तै टेट्रापोड बाँच्न सफल भए । यहिँबाट एम्फिबियन, रेप्टाइल र म्यामलको वर्गीकरण सुरु भयो ।

अब कुरा गरौँ तेस्रो प्रलयको जसलाई एन्ड पर्मिअन भनिन्छ । लगभग २५१ मिलियन वर्ष अघि भएको यो सामुहिक विनाशको जिम्मेवार साइबेरियाको ज्वालामुखी थिए । ती फुट्न थाले । समुद्र र हावामा विष र एसिड फैलन थाले । यहाँसम्म कि ओजोनको पत्रसमेत फुट्यो । यसबाट खतरनाक विकिरण निस्कन थाले । यतिबेला निस्केका विकिरणले थुप्रै जंगल नष्ट भए । यो समयलाई चारकोल ग्याप पनि भनिन्छ । त्यतिबेला फंगसबाहेक धेरैजसो प्रजाति नष्ट भए ।

लगभग २१० मिलियन वर्ष अघि चौथोपटक धर्तीमा ताण्डव मच्चियो जसलाई एन्ड ट्रिएसिक भनियो । यसबेला पनि ज्वालामुखी बिस्फोट भए तर साइबेरियामा होइन, धर्तीका अन्य स्थानमा । यो विनाशमा लगभग ८० प्रजाति नष्ट भए । डायनासोर र गोहीका पूर्वजमात्रै बाँचे जसलाई क्रोकोडिलोमार्फ्स नाम दिइएको छ ।

अन्तिम र पाँचौ सामूहिक विनाशलाई एन्ड क्रिटेशिअस भनियो । यो त्यहि समय हो जब डायनासोर धर्तीबाट गायब भए । लगभग ६५.५ मिलियन वर्ष अघि आएको यो प्रलयको सिद्धान्तमा लामो समयदेखि बहस चलिरहेको छ कि आखिर यसको कारण के थियो । यतिबेला एउटा क्षुद्रग्रह धर्तीसँग ठोक्कियो, यो कुरा सबैले मान्छन् तर यो ठोक्किएको भरमा अक्सिजन नष्ट भयो ? के यसैका कारण डायनासोरजस्ता बलिया प्रजाति नष्ट भयो ?

कारणमाथि बहसबीच यो कुरा सबैले माने कि वातावरणमा कार्बन डाइअक्साइड बढ्यो र अक्सिजनको स्तर एकदमै तल गयो । यतिबेला ७६ प्रजाति लोप भए ।

अब पालो आउँछ छैटौँ विनाशको जसबारे वैज्ञानिकले कुरा गर्न थालेका छन् । यो कसरी हुनेछ ? कहिले हुनेछ । ९० को दशकमा चर्चित जीवाश्म वैज्ञानिक रिचर्ड लिकेले मानिस नै छैटौँ विनाशका लागि जिम्मेवार हुनेछन् भनेर चेतावनी दिएका थिए । स्मरण रहोस्, यसअघि आएका पाँचैवटा विपत्ति प्राकृतिक थिए । कुनै जीव–जन्तुका कारणले होइन । तर यसपटक धेरै खतरा छ किनभने मानिसको क्रियाकलापले धर्तीमा अक्सिजनको स्तर कम भइरहेको छ । यसको सुरुवात भइसकेको पनि छ । वास्तवमा प्रलय बिना पनि धर्तीबाट लगातार थुप्रै प्रजाति नष्ट भइरहेका छन् । यसलाई ब्याकग्राउन्ड रेट भनिन्छ । फोसिल रेकर्डस्ले धेरैजसो यसबारे कुरा गर्छन् । यो त सामान्य कुरा भयो तर मानिसका कारण धर्तीमा प्रजाति गायब हुने गति लगभग सय गुणा तेज भइसकेको छ । अर्थात् हाम्रो कारण सय गुणा गतिले जीव–जन्तुको विनाश भइरहेको छ ।

प्रोसिडिङ्स अफ नेशनल एकेडेमी अफ साइन्सेज (पीएनएएस) मा वैज्ञानिकको समूहले लगातार यसबारे अनुसन्धान गरिरहेका छन् । छैटौँ सामूहिक विनाशलाई होलोसिन वा एन्थ्रोपोसिन एक्सटिङसन नाम दिइएको छ । यसमा ब्याक्टेरिया, फंगी र बोट–बिरुवा मात्रै होइन मानिस, रेप्टाइल्स, पंक्षी, माछा सबै नष्ट हुनेछन् । र यसको मुख्य कारण बन्नेछ मौसम परिवर्तन ।

जुन गतिमा धर्ती तातो भइरहेको छ र महासागरमा बरफ पग्लिरहेका छन् वैज्ञानिक यसको तुलना ज्वालामुखी अचानक फुट्नुसँग गरिरहेका छन् । यसले पानी यति तातो हुनेछ कि त्यसमा अक्सिजनको स्तर घट्न थाल्नेछ । नतिजा, समुद्र जीव–जन्तु मर्न थाल्नेछन् । सुरुवात पानीबाट नै हुनेछ त्यसपछि यसको असर हावामा पुग्नेछ र बिस्तारै एकैपटक धेरै प्रजाति नष्ट हुनेछन् । तपाईं–हामीसमेत ।

यो दाबी यत्तिकै गरिएको होइन, ब्याकग्राउन्ड रेट १०० गुणा हुनेबित्तिकै यो सुरु भइसकेको छ । वातावरणमा तातो र विषालु हावाको कुरा त भइ नै रहेको छ । बढ्दो तापक्रमले लगातार थुपै्र्र देशमा डढेलोले विध्वंश निम्त्याएको छ । अघिल्लो वर्ष गर्मीमा चिसो युरोपेली देशमा उकुसमुकुस गर्मीले मानिस आत्तिएका थिए । यहाँसम्म कि अफिस बन्द नै गर्नुपरेको थियो । माटोमा त्यति उब्जनी भइरहेको छैन ।

विश्वका थुप्र्रै देशमा बेमौसमी आँधी, खडेरी देखिएको छ । भूकम्प पनि लगातार गइरहेको छ । सबैभन्दा खराब कुरा के छ भने अहिले पनि सम्हालिनुको साटो जंगल फँडानी भइरहेको छ । यूएन फुड एन्ड एग्रिकल्चरल अर्गनाइजेशनको हिसाबले सन् २०१५ पछि हरेक वर्ष लगभग २४ मिलियन एकड जंगल फँडानी भइरहेका छन् ।

प्रलय कहिले आउनेछ त्यसबारे यकिनका साथ जानकारी प्राप्त नभएपनि थुप्रै वैज्ञानिकले यसबारे भिन्न–भिन्न दाबी गरिरहेका छन् । साइन्स एडभान्सेजमा म्यासाचुसेट्स प्रोद्योगिक संस्थानका प्लानेटरी साइन्सेज विभागले आफ्नो शोधको आधारमा सन् २१०० को आसपास यस्तो हुनेछ । तर जुन हिसाबले धर्ती गर्मी भइरहेको छ, विनाश यसअघि नै आउनसक्ने अनुमान पनि गरिएको छ । रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना