१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरि पनि ईयुको कालोसूचीमा नेपालको हवाई उड्डयन

१५ मंसिर २०७९, बिहीबार ०२:४८

मङ्सिर १५, काठमाडौँ | युरोपियन युनियन (ईयू) ले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा फेरि निरन्तरता दिएको छ। उसले हवाई उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदायक संस्था एउटै हुँदा स्वार्थ बाझिएर सुरक्षामा प्रश्न उठ्ने आरोप लगाएको छ।

एउटै संस्था नियमनकारी र सेवाप्रदायकको भूमिकामा रहँदासम्म कालोसूचीले निरन्तरता पाउने उसको भनाइ छ। ईयूले संस्थागत संरचना र सुधारमा जोड दिएको छ । ईयूले एयर सेफ्टी लिस्ट वर्षमा दुई पटक अपग्रेड गर्दै आएको छ ।

यसैक्रममा ईयूको अडिट टोलीले नेपाली वायुयानका हवाई सुरक्षाबारे यही अक्टोबर ६ देखि ८ सम्म स्थलगत अध्ययन गरेर फर्केको थियो । गत साता ईयूको बैठकले यही अध्ययनलाई आधार बनाएर एयर सेफ्टी लिस्ट अपटेड गर्ने क्रममा नेपाललाई कालोसूचीमा राख्दै निरन्तरता दिएको हो ।

यसअघि हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्लो समय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को अडिटबाट नेपालले हवाई सुरक्षा परिपालना मापदण्ड दरमा ७०।०१ नतिजा हासिल गरेकाले २०२२ को अन्त्यसम्ममा नेपाली वायुयान ईयूको गम्भीर सुरक्षा चासोको सूचीबाट हट्ने बताउँदै आएको थियो । यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह