३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

रणभुवनेश्वरी मावि पूर्व विद्यार्थी समाज गठन एवं अक्ष्ययकोष स्थापना

२३ पुष २०७५, सोमबार ०१:२६

पुष २३, काठमाडौँ | श्री रणभुवनेश्वरी माध्यमिक विद्यालय देविघाट, नुवाकोटमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको बृहत् भेलाले रणभुवनेश्वरी मावि पूर्व विद्यार्थी समाज गठन गर्दै एक अक्ष्ययकोषको स्थापना गरेको छ । 

श्री रणभुवनेश्वरी मावि देविघाटमा बि.सं २०४५ सालमा कक्षा १० मा अध्ययन गरेका विद्यार्थीहरुको पहलमा शनिबार धादिड.को गल्छीमा सम्पन्न बृहत भेला तथा पिकनिक कार्यक्रममा उपस्थित पूर्व विद्याार्थीहरुको भेलालले उक्त समाज गठन गरेको हो । 

भेलाले रामकृष्ण खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको सचिवमा मीन कुमार खतिवडा तथा सदस्यहरुमा दिपक चित्रकार, शशी शाह, शुसिला शर्मा पौडेल, केशव प्रसाद अर्याल, कर्ण बहादुर खड्का, पूर्णमान चित्रकार, दामोदर नेपाल, राम प्रसाद पुडासैनी, बद्री प्रसाद रिमाल, सिताराम रिमाल र हरि रिमाल रहेका छन्  भने सल्लाहकार समितिमा राजेन्द्र प्रसाद पुडासैनी, ठाकुर प्रसाद खतिवडा, भरत पुडासैनी, शिव सुन्दर पुडासैनी, बद्री प्रसाद बडाल, भोजराट भट्ट रहेका छन् । 


त्यसैगरी उक्त भेलाले रणभुवनेश्वरी माविमा अध्ययन गर्ने विद्यार्थीहरु एवं विद्यालयको विकासमा सहयोग पुर्याउने उद्देश्यले एक अक्षय कोषको स्थापना समेत गरेको छ । उक्त अक्षयकोष सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्यविधि नव गठित समाजले तय गर्ने गरी भेलाले समाजलाई जिम्मेवारी दिएको छ । 

विद्यालय छाडेको करिब ३० वर्षपछि भएको पूर्व विद्यार्थीहरुको उक्त पुनर्मिलन कार्यक्रम अत्यन्तै महत्वपूर्ण र फलदायी रहेको अधिकाँश सहभागीहरुले बताएका थिए । 


दामोदर नेपालको सहयोगमा । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए