पूर्णप्रसाद न्यौपाने,कार्तिक १२, ओखलढुंगा । आधुनिक तथा प्रविधि मुलक कृषिमा जोड दिँदै कृषकहरु माझ प्रीय बनेका ओखलढुंगाका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीको सरुवा भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने,कार्तिक १२, ओखलढुंगा । आधुनिक तथा प्रविधि मुलक कृषिमा जोड दिँदै कृषकहरु माझ प्रीय बनेका ओखलढुंगाका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीको सरुवा भए"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका वरिष्ठ कृषि विकास अधिकृत अधिकारीको भव्य विदाई

१२ कार्तिक २०७३, शुक्रबार १३:४६

पूर्णप्रसाद न्यौपाने,कार्तिक १२, ओखलढुंगा । आधुनिक तथा प्रविधि मुलक कृषिमा जोड दिँदै कृषकहरु माझ प्रीय बनेका ओखलढुंगाका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीको सरुवा भएको छ । २ वर्ष अघि जिल्ला कृषि विकास कार्यालय प्रमुख बनेर आउनु भएका अधिकारीको राष्ट्रिय प्लान क्वारेनटाईन कार्यक्रम हरिहर भवन ललितपुर सरुवा भएको हो । किसान लक्षित  प्रविधिमुलक कार्यक्रम ल्याएर कृषकप्रीय बन्नुभएका अधिकारीलाई आज भव्य विदाई गरिएको छ । 

निमीक्त प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञावलीको प्रमुख आतिथ्यता एवम् कृषि विकास कार्यालय र मातहतका कर्मचारी तथा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तीहरुको उपस्थितीमा एक कार्यक्रमका बिच भव्य विदाई गरिएको हो । हिजो कर्मचारी मिलन केन्द्रले अधिकारीलाई विदाई गरेको थियो । 


वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीले ओखलुंगामा कृषकका गुणासो सुन्न र प्रारम्भीक खेती प्रणालीबारे जानकारी दिने कार्यलाई बढि प्राथमिकता दिनुभएको थियो,भने सबै कर्मचारीलाई खटिएको ठाँउमा बस्ने कार्यको थालनी, नियमीत अनुगमन, विभिन्न प्रकारका शिविर सञ्चालन गरेर गाँउ गाँउमा सेवा, जिल्लाभरी छरिएर रहेका सबै कृषक समुहको दर्ता, कार्यालय व्यवस्थापन लगाएतका नयाँ र प्रभावकारी कामको थालनी र व्यवस्थान गर्नुभएको छ ।

ओखलढुंगा बर्साइ अत्यन्तै प्रभावकारी र उपलब्धी मुलक भएको भन्दै सहयोग गर्ने सबै सरोकारवालाहरुलाई अधिकारीले धन्यवाद दिनुभयो । विदाई कार्यक्रम पछि साझासबालसँग कुरागर्दै उहाँले सुरुवात राम्रो भएकाले ओखलढुंगाका कृषकको क्षमता विकास र व्यवस्थीत कृषि प्रणालीका लागि भोलीको भविष्य पनि राम्रो रहेको बताउनुभयो । 

अधिकारीको सरुवा भएसँगै अब ओखलढुंगामा जिल्ला कृषि विकास कार्यालय प्रमुखको जिम्मेवारी लिएर झलकनाथ कंडेल आउनुहुने छ । कार्यालय प्रमुख अधिकारीसँगै लेखापाल श्याम नन्द ठाकुर र प्राविधिक सहायक सचितानन्द मिश्रलाई पनि आज विदाई गरिएको जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ