४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा एमालेको स्थानीय निर्वाचन विषेश अभियान तिव्र

१२ चैत्र २०७३, शनिबार १२:३१

चैत्र १२,ओखलढुंगा । ओखलढुंगामा नेकपा एमालेले स्थानीय तहको निर्वाचन विषेश अभियान तिव्र पारेको छ । एमालेले नयाँ संरचना अनुसार संगठन पुर्नःगठन र नगर तथा गाउँपालिकातहमा निर्वाचन परिचालन कमिटी गठन लगाएतका कामलाई तिव्र पारेको हो । केहि दिन अघि बसेको जिल्ला कमिटीको साँतौ पूर्ण बैठकले सबै नगर र गाउँपालिकामा संयोजक र सहसंयोजक तोकेर निर्वाचन विषेश कार्यक्रमलाई जिल्लाभर व्यापक बनाउने निर्देशन दिए अनुरुप कार्यक्रमहरु भईरहेको नेकपा एमाले जिल्ल कमिटी अध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहमा एमालेका कार्यक्रमहरु चरणवद्ध सञ्चालन हुनेछन् । 

यसैविच आज नेकपा एमाले चिसंखुगढी गाउँपालिका ७ माम्खाको वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । माननीय सांसद हर्कबोल राईको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सुरबीर तामाङको संयोजकत्वमा शेरबीर तामाङ सहित ६९ सदस्यीय वडा स्तरीय स्थानीय तह निर्वाचन परिचालन कमिटी गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै सांसद राईले ओखलढुंगामा एमालेको विजयी सुनिश्चित रहेको दावी गर्दै ०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न लागि पर्न सबैलाई आग्रह गर्नुभयो । 

वडा सदस्य देखि नगर तथा गाउँपालिकाको मेयरको उमेद्वारी सिफारीस समेत तल्लो तहबाटै हुने भएकाले जिल्लाभर भईरहेका कार्यक्रमहरुलाई सबै तहका नेता कार्यकर्ताले महत्व दिएको एमाले ओखलढुंगाले जनाएको छ । कांग्रेस र माओवादी केन्द्र सहितका दलहरुले पनि निर्वाचन विषेश अभियान जिल्लामा तिव्र पारेका छन् ।

यो पनि पढ्नुहोस् http://sajhasabal.com/politics/19431 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ