फाल्गुण ९ ओखलढुंगा । प्रथम थोलेदेम्बा महोत्सव २०७४ सफल पार्न विषेश भूमिका खेल्ने ओखलढुंगाका सञ्चारकर्मीहरुले प्रतिवद्धता जनाएका छन् । आज भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फाल्गुण ९ ओखलढुंगा । प्रथम थोलेदेम्बा महोत्सव २०७४ सफल पार्न विषेश भूमिका खेल्ने ओखलढुंगाका सञ्चारकर्मीहरुले प्रतिवद्धता जनाएका छन् । आज भएको "/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

थोले देम्बा महोत्सव सफल पार्न भूमिका खेल्ने ओखलढुंगाका पत्रकारहरुको प्रतिवद्धता

९ फाल्गुन २०७३, सोमबार १५:०६

फाल्गुण ९ ओखलढुंगा । प्रथम थोलेदेम्बा महोत्सव २०७४ सफल पार्न विषेश भूमिका खेल्ने ओखलढुंगाका सञ्चारकर्मीहरुले प्रतिवद्धता जनाएका छन् । आज भएको जिल्लामा उपलब्ध सञ्चारकर्मीहरुको भेलाले आगामी २०७४ बैशाख १,२ र ३ गते हुने महोत्सवलाई भव्य बनाउन सञ्चारकाक्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । महोत्सव मुल आयोजक समितिका जिल्ला प्रतिनिधी पेमडोमा शेर्पाको उपस्थितीमा भएको छलफलमा सहभागि जिल्लाका सबै सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधीले मिडिया पाटनरको भूमिकामा रहेर सहुलियत दलमा सुचना तथा प्रचारप्रसार गरेर सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । जिल्लामा सञ्चालनमा रहेका रेडियोहरु भिजन एफएम,सहयात्री एफएम,रमाईलो एफएम र आफ्नो एफएमबाट आजै देखि सुचना प्रसारण गर्ने र भिजन नेपाल ओखलढुंगा साप्ताहिकमा नियमीत सुचना प्रकाशन गर्ने निर्णय समेत भएको छ । छलफलबाट महोत्सव मुल आयोजक समितिसँग आवश्यक समन्वय गर्न र छिमेकी जिल्लाका सञ्चारमाध्यमहरुसँग आवश्यक सहकार्यको वातावरण मिलाउन देम्बा महोत्सव मुल आयोजक समितिको सल्लाहका समेत रहेको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेलाई जिम्मेवारी दिने निर्णय भएको छ ।


‘प्राकृतिक सुन्दरता,कला संस्कृति र पर्यटन प्रवर्धन,हाम्रो अभियान,स्थानिय भेष–भुषा र रहनसहन,हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ प्रथम थोले देम्बा पर्यटन महोत्सव आगामी बैशाख १,२ र ३ गते ओखलढुंगाकै उच्च भागमा रहेको देम्बा डाँडामा हुँदैछ ।  महोत्सवको तयारी व्यापक भईरहेको महोत्सव मुल आयोजक समितिका अध्यक्ष डेण्डी शेर्पाले जानकारी दिनुभयो । महोत्सव सफलपार्न आ आफ्ना ठाउँबाट भूमिका खेल्न उहाँले सबैलाई आवहन गर्नुभएको छ । पर्यटन प्रबद्र्धन गर्दै विकासका सम्भावनाहरु पहिल्याउने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । अहिले विभिन्न क्षेत्रबाट सहयोग आउनेक्रम पनि जारी रहेको बुझिएको छ । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ