३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले यी १२ अत्यावश्यक कागजातहरु घरपरिवारको साथमा पनि छोड्नुपर्छ

४ भाद्र २०८०, सोमबार ०३:५३

वैदेशिक रोजगारमा जाने युवाहरुले तल उल्लिखित कागजातहरु घर परिवारको साथमा छोडेमा विदेशमा रहँदाका वखत कुनै समस्यामा परेमा समस्याबाट छुट्कारा/उन्मुक्ति पाउनका लागि उक्त कागजातहरु सहयोगी हुनेछन् । साथै, उक्त कागजातको सहायतामा कामदारको उद्धार गर्न सम्बन्धित निकाय तथा परिवारलाई समेत मद्दत पुग्नेछ । 


१. पासपोर्ट (राहदानी) को प्रतिलिपी,

२. मेडिकल रिपोर्ट (स्वास्थ्य परीक्षण प्रमाण) को प्रतिलिपी,

३. भिसा (प्रवेशाज्ञा) को प्रतिलिपी,

४. ओरेन्टेसन ट्रेनिङ सर्टिफिकेट (अभिमुखीकरण तालिम प्रमाणपत्र) को प्रतिलिपी,

५. देशगत रुपमा प्रहरी प्रतिवेदन आवश्यक भएमा त्यसको प्रतिलिपी,

६. इन्स्योरेन्स पोलिसी (बिमा अभिलेख) बिमा गरिएको कागजातको प्रतिलिपी,

७. वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमको रसिदको प्रतिलिपी,

८. एग्रिमेन्ट लेटर (करारनामा) को प्रतिलिपी,

९. लेवर पर्मिसन स्टिकर (श्रम स्वीकृति) को प्रतिलिपी,

१०. एयर टिकट (हवाई टिकट) को प्रतिलिपी,

११. नागरिकता (नागरिकताको प्रतिलिपी आफ्नै साथमा राख्नुपर्दछ),

१२. सम्बन्धित मेनपावर कम्पनीको नाम, ठेगाना र सम्पर्क नम्बर, आदि ।

रोजगारीका लागि विदेश पुगिसकेपछि उपरोक्त बमोजिमका सम्पुर्ण कागजातका एक/एक प्रति आफ्नो साथमा राख्नका लागि स्वदेशमा नै रहँदा बन्दोबस्त मिलाउनु पर्दछ । विदेशमा रहँदा, घुम्न निस्कदा वा जुनसुकै अवस्थामा पनि आफ्नो परिचय खुल्ने पासपोर्ट वा परिचयपत्र (आइ.डि.कार्ड) सधैँ साथमा राखिरहनु पर्दछ । अन्यथा प्रहरीले कुनै पनि बेला पक्राउ/सोधपुछ गर्न सक्दछ र हैरानी खेप्नु पर्ने हुन सक्छ । 

साथै आफ्ना अत्यावश्यक परिचयपत्र र कागजातहरु आफ्नो मोबाइलमा तथा इमेलमा समेत सुरक्षित राखेमा जुनसुकै बेला आवश्यक परेमा सहज हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन