४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

मुआब्जा नदिएको भन्दै सप्तकोसी ब्यारेजमा धर्ना

५ भाद्र २०७२, शनिबार ०७:३४

असार २१, सप्तरी / नेपाल र भारत सरकारबीच २०११ सालमा भएको कोसी सम्झौताअनुसार कोसी नदीबाट भएको क्षतिको मुआब्जा नदिएको भन्दै कोसी नदी डुबान सङ्घर्ष समितिले
आइतबार सप्तकोसी ब्यारेजमा एक घन्टा धर्ना र चक्काजाम गरेका छन् ।

पूर्वगृहराज्यमन्त्री तथा
नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामकुमार चौधरीको नेतृत्वमा सप्तरी क्षेत्र नं १ का सभासद् मानपुर
चौधरी, क्षेत्र नं २ का सभासद् अशोककुमार मण्डल सङ्घर्ष समितिका संयोजक महिदेव चौधरी कासिम अन्सारी
सहितका हजारौँको सङ्ख्यामा रहेको स्थानीय बासिन्दाले मुआब्जा माग्दै पूर्व–पश्चिम राजमार्गको कोसी
ब्यारेजमा एक घन्टा राजर्मागमा चक्काजाम गरी धर्नामा बसेको सङ्घर्ष समितिले जानकारी दिएको छ

कोसी नदीबाट भएको क्षतिको भारत सरकारबाट हालसम्म कुनै किसिमको मुआब्जा नपाएको, मुआब्जा दिनमा
पनि ढिलाइ भइरहेको भन्दै सरकारले समेत पीडित जनताका लागि क्षतिपूर्ति दिलाउन कुनै पहल नगरेकाले सप्तरी,
सुनसरी र उदायपुरका कोसीपीडितले सङ्घर्ष समिति गठन गरी चरणबद्ध आन्दोलन कार्यक्रमअन्तर्गत धर्ना दिएका
हुन् ।

कोसी सम्झौताअनुसार कोसी क्षेत्रका बासिन्दाको जग्गा र अन्नबालीमा पुग्ने क्षतिको
सम्पूर्ण मुआब्जा भारत सरकारले दिने उल्लेख भए पनि वर्षौं बित्न लाग्दा पनि कोसी कटान पीडितले अहिलेसम्म
कुनै किसिमको मुआब्जा नपाएको स्थानीयवासीले गुनासो गरेका छन् ।

तीन वर्षअघि भारतको नयाँ दिल्लीमा
यस विषयलाई लिएर बसेको दुई देशका मन्त्रिस्तरीय बैठकले समेत कोसी नदीबाट भएको कटान र अन्नबाली क्षतिका
बारेमा दुवै देशका प्राविधिकबाट निरीक्षण र मूल्याङ्कन गरी अविलम्ब मुआब्जा दिने सहमति भएको थियो

सप्तरी, सुनसरी र उदायपुरका कोसीपीडित सङ्घर्ष समिति संयोजक महिदेव चौधरीले यसअघि सङ्घर्ष
समितिले सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवमार्फत प्रधानमन्त्री सुशील कोइरालालाई
ज्ञापनपत्र पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा