३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कविता – कमरेड भाइरस

१९ बैशाख २०७७, शुक्रबार १२:५९


मेरो सानो झुपडी

अलि अलि रिष्ट पुष्ट हुँदै गएको

यहि बेलामा 

कोरोनाले झम्टी झम्टी

नियालो झै बनिसक्यो

विस्तारामा सुतिरहेका घरमालिक ती

बेलाबेला जुर्मुराउँदै व्यूझिन्छन्

आदेश दिन्छन

विहानै उठेर भजन नसुन्नू

राष्ट्रियगान गाउनु

ताली मज्जाले बजाउनु

नाथे कोरोना

महाशक्ति राष्ट्रहरुले हराउन सकेनन

कोरोनासंग थुरथुर कापी रहे

तर

हामी यही

राष्ट्रियगान र ताली बजाएर भगाउने तागत राख्छौं ।

भाइरसलाई हामी

भाइरस बनेर खाइदिन सक्छौं ।

नपत्याए अस्ती भर्खर

कोरोनालाई नुहाउन किन्न लागेको

सुताउनको लागि लिन लागेको

त्यत्रो

चीजलाई हामी भाइरस बनेर खाइदियौं ।

नाथे भाइरसका के कुरा

त्यो भन्दा

हामी सयौ गुणा खतरनाक भाइरस छांैं ।

त्यसैले त

महाराष्ट्रलाई थुरथुर पारिरहेको

धरधरी रुवाही रहेको

कोरोना भाइरस

हाम्रा लागि केही होइन

हामी

३३ क्विन्टल सुन पचाउन सक्छौं

बालुवाटार, ललीता निवास, मेलम्ची

वाइडबडी, न्यारोबडी सर्लक्क निल्न सक्छौं ।

हामी कमेरो पानीलाई

दूधपानी बनाएर बेच्न सक्छौं ।

नाथे कोरोना भाइरस

त्यसै हामीसँग थरथर कहाँ डराएको हो र ?

मोटरका पार्टपूर्जा फेरेझै

शरीरका हरेक इन्जिन फेरेर

जुरुक्क उठेर हामी

राष्ट्रियताका लागि

कात्रोमा पनि कमशिन, भ्याट र कर कुरेर बसेका हुन्छौं ।

नाथे कोरोना भाइरस

कमरेडको यहि तागत देखेर

थुरथुर कापीरहेको छ ।

डराइरहेको छ ।

त्यसैले ढुक्क हुनुहोस्

विहान उठ्ने वित्तिकै

भजन होइन राष्ट्रिय गान बजाउनुहोस

ताली पिट्नुहोस्

नाथे कोरोना

टाप कसीहाल्छ ।

कोभिडले फोक्सो समात्छ

टाउको दुखाउँछ

ज्वरो निकाल्छ ।

वाकवाक लाग्ने बनाउँछ ।

शरीर भारी हुन्छ, सिगान खकार जमाउँछ

तर

हामी सिधै मुटुमा आक्रामण गर्ने हिम्मत राख्छौं ।

ढड्कनलाई हामी मुट्ठीमा कस्न सक्छौं ।

नाथे कोरोना भाइरस

हाम्रो शक्ति देखेर कापीरहेको छ ।

त्यसले

मानवलाई मात्रै आक्रमण गर्छ 

हामी सारा चीज बस्तुलाई आक्रमण गरि

सिध्याइदिनसक्छौं ।

कालोबजारी

कमिशन

भ्रष्टाचार

अनियमितता

यी हाम्रा मुख्य हतियार

मानिसलाई बेकुफ बनाइदिने

यी हाम्रा लक्षणहरु

कठपुतली बनाई दिने यी हाम्रा कारणहरु

कसैले बुझ्दैन,

जान्दैन

जानेपनि बोल्दैन

किनकी

सुखी जन समृद्ध मन

त्यो भन्दा शक्तिशाली हामी

कमरेड भाइरस ।।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली