एकै परिवारका ४ जनालाई कालीगण्डकी नदिले बगायो

Posted on: 03 Nov, 2023

कार्तिक १७, पर्वत | पर्वत जिल्लाको बिहादी गाउँपालिकाबाट तीन जिल्लाको संगम स्थल सेतिबेनी शिला दर्शन गर्न पुगेका एकै घरका ४ जनालाई कालीगण्डकी नदिले बगाएको छ ।

नुहाउने क्रममा चिप्लिएर ४ जनालाई बगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २ जनाको तत्काल उद्घार गरिएको थियो भने ४ बर्षिया छोरा र २७ बर्षिया आमाको धेरैपछि मात्रै उद्घार गरिएको हाे ।

तत्काल उद्घार गरिएका २ जनाको अवस्था सामान्य छ भने धेरै समयपछि उद्घार गरिएका ४ बर्षिया बालक रियान भट्टराई र २७ बर्षिया आमा रितु भट्टराईलाई उद्धारपछि हस्पिटल पठाइएको प्रहरीले जनाएको छ । घटना शुक्रबार बिहान करिब ९:२५ को आसपासमा घटेको स्थानीयले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!