भदौ १८,इलाम। ‘इलामले नदेखेको, झापाले नहेरेको’ यो कुनै एक व्यक्तिले भनेको कुरा होइन् । यो दक्षिणपूर्वी रोङ गाउँपालिकाको इरौंटार बहुवनका बासिन्दाले वर्सौंदेखि भन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८,इलाम। ‘इलामले नदेखेको, झापाले नहेरेको’ यो कुनै एक व्यक्तिले भनेको कुरा होइन् । यो दक्षिणपूर्वी रोङ गाउँपालिकाको इरौंटार बहुवनका बासिन्दाले वर्सौंदेखि भन्द"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामले नदेखेको, झापाले नहेरेको ‘बहुवन’

१८ भाद्र २०७४, आईतवार ११:१४

भदौ १८,इलाम। ‘इलामले नदेखेको, झापाले नहेरेको’ यो कुनै एक व्यक्तिले भनेको कुरा होइन् । यो दक्षिणपूर्वी रोङ गाउँपालिकाको इरौंटार बहुवनका बासिन्दाले वर्सौंदेखि भन्दै आएको एउटा वास्तविक समस्या हो । 

झापा सीमावर्ती इरौंटार बहुवनका बासिन्दाले जहिले आफ्नो गाउँको परिचय दिँदा यो उक्ति भन्न छुटाउँदैनन् । फलफूल, नगदेबालीसहित अन्न भण्डारको रूपमा रहेको यो क्षेत्रमा हालसम्म सरकारी निकायले किसानको पक्षमा ठोस् कदम नचालेकाले स्थानीयवासीले यस्तो आक्रोश पोख्ने गरेका हुन् । 

हुवन बस्तीको मुख्य आयआर्जनको माध्यम नै कृषि र पशुपालन हो । चुरे क्षेत्रमा पर्ने उर्भरा यहाँको जमिनमा फलफूलको खेती व्यापक हुन्छ तर परम्परागत ढंगले मात्रै हुँदैआएको खेतीका कारण किसानले चित्त बुझ्दो उत्पादन गर्न नसकेको गुनासो गरेका छन् । सम्भावना भएर पनि यहाँ सिंचाइ सुविधा नहुँदा थप समस्या भएको छ । 

सुपारी, केरा, नरिवल, मरिचलगायत फलफूलले भरिएको जंगलभित्र बस्ती र अन्य खेतीबाली लगाइएको छ । धेरै वन भएकाले बहुवन नाम पाएको यो गाउँमा दुबै जिल्लाका गरी २०० घर बसोबास गर्छन् । यहाँका बासिन्दाले आफ्नै प्रयासमा खोलाको बाँध बाँधेर बस्ती जोगाएका छन् । सडक खुलाउनुका साथै बिजुली समेत बालेका छन् । 

स्थानीय प्रयास र लागनीमा गरिएका कतिपय काममा सरकारको कुनै पनि सहयोग नरहेकाले उनीहरूले जहिले पनि आक्रोश पोख्ने गरेका हुन् । सुकेनिन्दा खोलामा निर्माण थालिएको पुल पनि अलपत्र अवस्थामा छ । 

‘‘यहाँ हरेक प्रकारका काम गर्दा स्थानीयवासीले नै श्रमदानसँगै आफैं चन्दा उठाउनुपरेको छ’’ स्थानीय वृहस्पति खतिवडाले भन्नुभयो, “अन्न भण्डारको रूपमा रहको यो क्षेत्रमा कृषकलाई प्रवद्र्धन गर्ने खालका कार्य जरूरी छ ।” दुबै जिल्लाबाट हालसम्म कृषि सम्बन्धी कुनैपनि काम सञ्चालन नभएको उनीहरू बताउँछन् । सिँचाइ सुविधा नहुनु उनीहरूको ठूलो समस्या हो । सुके निन्दाबाट तीन किलोमिटरको योजना हुने हो भने गाउँलाई सिँचाइ सुविधा पुग्ने खतिवडाको भनाइ छ । 

‘‘स्थानीय प्रयासमा सम्भव नभएकाले सम्बन्धित निकायमा पटक÷पटक माग गर्दा पनि सुनुवाई भएको छैन्,’’ स्थानीयवासी चन्द्र मगरले भन्नुभयो, ‘‘सिँचाइ सुविधा हुने हो भने यहाँको उत्पादन दोब्बर हुने थियो । ’’ 

यो क्षेत्रमा सुपारीबाट मात्र प्रत्येक घरले वार्षिक ४० हजारदेखि दुई रु लाखसम्म आम्दानी गर्छन् । केराखेतीबाट पनि रु एक लाखभन्दा धेरै कमाउने कृषक धेरै छन् । अलैंँची, निबुकागती, ज्यामिरलगायतका धेरै फलफूलको व्यावसायिक उत्पादन हुन्छ । 

चुरे क्षेत्रमा पानीकोस्रोत नभएकाले सिँचाइको अन्य कुनैपनि विकल्प छैन । धान, सागसब्जी जिल्लाकै सबैभन्दा धेरै यहाँ उत्पादन हुन्छ । जिल्लाकै अन्न भण्डारको रूपमा रहेको यो क्षेत्रमा आधुनिकखेती सम्बन्धी ज्ञान र प्राविधिक जनशक्तिको पनि अभाव छ । 

बहुवन माथिको इरौंटार क्षेत्र पनि फलफूल खेतीका लागि उपयुक्त मानिन्छ । प्रत्येक घरमा सुपारी, कागतीलगायतका खेती हुने गरे पनि सिँचाइ र प्राविधिक ज्ञानको अभावमा किसानले कृषि क्षेत्रबाट अपेक्षाकृत लाभ लिनसकेका छैनन् । खानेपानी पनि पर्याप्त नभएको अवस्थामा खेतीबालीमा त लगाउन सम्भावना नै छैन, जिरी खिम्तीकी रेखा राईले गाउँको दुखेसो पोख्नुभयो । 

जिल्लाका झापासँग सीमा जोडिएका दर्जनौँ यस्ता बस्तीलाई अन्न भण्डारको रूपमा विकास गर्न सरकारी निकायले चासो देखाउनुपर्ने सरोकारवालाको भनाइ छ । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ