2026-08-25 08:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

गाउँपालिकाकै शान बन्दै ‘ईन्द्रेंणीपोखरी’

चिसाङ शेर्पा | असार २६, खोटाङ | खोटाङको खोटेहाङ गाउँपालिका–६ ईन्द्रेंणीपोखरीमा अवस्थित ‘ईन्द्रेंणीपोखरी’लाइ गाउँपालिकाकै पर्यटन प्रर्वद्धनको शानको रुपमा स्तरोन्नतीको काम भइरहेको छ । पर्यटनका माध्यमबाट वडामा आर्थिक उपार्जन गर्नका निम्ति वडामा भएको पोखरीलाई थप व्यवस्थित र प्रचारप्रसार गर्ने उद्देश्यका साथमा तीव्र गतीमा स्तरोन्नतीको काम अगाडी बढीरहेको हो । 

आर्थिक वर्ष २०७४/०७५ बाट वडा कार्यालयको २० लाख १८ हजार लगानीबाट गएको बैशाख १५ गतेदेखी स्तरोन्नती थालिएको पाखेरीको हाल भूभाग एरिया कम्पाउण्ड र पोखरीभित्रको साँढे चार मिटर मेसेनरी वालको काम सकिएको ईन्द्रेंणीपोखरीका वडाध्यक्ष देबिन्द्र राईले जानकारी दिनुभयो । 

पर्यटनको माध्यमबाट वडालाई संमृद्ध बनाउदै गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटन भित्र्याउने उद्देश्यका साथमा २१ रोपनी भूभागमा फैलिएको पोखरीलाई स्तरोन्न्तीपछि चिल्ड्रेन पार्क, पोखेरीको विचमा पानिको फोहोरा आईरहने अत्याधुनिक स्तम्भ, पोखरी वरीपरी बगैचा, पोखरीको कम्पाउण्ड भित्रको पश्चिमतर्फ रहेको शिव मन्दिर पुनः मर्मत, बस्नका लागि फलैचा, पोखरीमाथि इन्द्रेणी आकारको वारीवाट पारीसम्म आकासे पुल निर्माण गरिने जनाइएको छ । 

वडाको क्रमागत बजेटबाट स्तरोन्नती भइरहेको पोखरीलाई थप स्तरोन्नतीका लागि आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकाले समेत बजेट बिनियोजन गर्ने वडाध्यक्ष राईले जानकारी दिए । पौराणिक कथन अनुसार घना जंगलको बिच पोखरीमा सधैं ईन्द्रेंणी लाग्ने गरेकाले ईन्द्रेंणीपाखेरी नामाकरण भएको ईतिहास भेटिन्छ । पोखरीमा बन्यजन्तुहरु पानि खान आउने र त्यहाँ पानि खान आउने बन्यजन्तुको पुर्खाहरुले शिकार गर्दथे । मानव विकास हुंदै गएपछि जंगलहरु मासिदै गएको अन्ततः खुल्ला चउरमा पोखरीमात्रै बाँकी रहेको स्थानियहरु बताउँछन् ।

पोखरीमा केही वर्ष अघिदेखी हिउँदमा आपसेआप पानि सुक्दै आउने गरेको छ । पानि सुक्ने गरेकाले व्यवस्थित पुननिर्माण गरी बैकल्पिक पानिको स्रोत खोजेर माछा लगाउने समेत योजना रहेको जनाईएको छ । 

यसरी भयो ईन्द्रेंणीपोखरीको नामाकरण

परापुर्बककालमा चैत बैशाखको एक दिन गाई पानि पिउन जाँदा अचानक त्यही पोखरीमा बसेर नउठेको र सोही रात गाई गोठालाको सपनामा एक योगी आइ, मेरो वेवास्ता गरेकोमा यस्तो भएको हो । भनेछन् एक स्थानियले भने, ‘अब उप्रान्त मलाई चोखो नितो गरी पुजा गरेर गाईको दुध चढाएमा शान्ती मिल्नेछ भनेका हुनाले गोठालाले सोही अनुसार गर्यो र गाइ पनि उठ्यो । 

सोही दिन मध्यान्ह अचानक त्यस पोखरीमा चट्टान पर्न गयो । लगत्तै सिमसिम पानि परी पोखरीको बिचमा ईन्द्रेंणी देखा परेको हुंदा उक्त पोखरीलाई ईन्द्रको बज्र परेको पोखरी भनिन थालियो । त्यसपछि त्यस पोखरीलाई ईन्द्रहानी पाखेरी भनियो । अन्ततः त्यही नाम अपभ्रंश हुंदै ईन्द्रेंणीपाखेरी नाम रहन गएको पौराणिक किंवदन्तीहरुमा पाईन्छ । साथै यसै पोखरीको नामबाट त्यस ठाउँको नाम ईन्द्रेंणीपोखरी नाम रहन गएको जनविश्वास पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग