१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फेरि सरकारको समर्थन फिर्ता लिए के हुन्छ ?

८ चैत्र २०७९, बुधबार ०५:३६

चैत ८, काठमाडौं | दुई महिनाको अन्तरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट २ पटक विश्वासको मत लिए । संविधानमा उल्लेख भएअनुसार, सरकारलाई समर्थन गर्ने कुनै पनि दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने हुन्छ ।

त्यसैले १० भन्दा बढी दलको समर्थन रहेको अवस्थामा दलगत असन्तुष्टीका कारण प्रधानमन्त्रीले पटक पटक विश्वासको मत लिनुपर्ने खतरा देखिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ महिनामा दुई पटक संसदबाट विश्वासको मत लिइसकेका छन् । पुस २६ गते पहिलो पटक विश्वासको मत लिँदा प्रचण्डले २ सय ६८ सांसदको मत प्राप्त गरेका थिए । त्यतिबेला २ मत मात्रै प्रस्तावको विपक्षमा परेको थियो । राष्ट्रपति निर्वाचनमा समीकरण बदलिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिएको थियो । एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि सरकारसँग संसदमा १ सय ७६ सांसदको विश्वास थियो ।

संविधानको धारा १०० मा सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने ब्यवस्था छ । संविधानमा स्पष्ट रूपमा विश्वासको मत लिनुपर्छ भनेर लेखिएका कारण प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्ने धारणा राख्छन्, बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी ।

हाल कांग्रेसका ८७, माओवादी ३२, रास्वपा १९, जसपा १०, एकीकृत समाजवादी १०, जनमत ६, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र प्रभु साह र अमेरशकुमार सिंह गरि १ सय ७२ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् । जसमध्ये कुनैपनि दल वा स्वतन्त्र सांसदले सरकालाई दिएको समर्थन फिर्ता लिए संवैधानिक व्यवस्था अनुसार फेरि विश्वासको मत लिनुपर्ने झण्झट प्रधानमन्त्रीलाई आइलाग्छ ।

सोमबार एमाले र राप्रपाका नेताहरुले प्रधानमन्त्रीले दुई दुई महिनामा विश्वासको मत लिने अवस्था त आउने होइन भनेर व्यंग्य नै गरेका थिए । सत्तापक्षका सांसदले भने हालकै गठबन्धन ५ वर्ष जाने र त्यस्तो अवस्था नआउने भन्दै बचाउ गरेका थिए । हाल सरकारलाई १० भन्दा बढी दलका सांसदहरुको समर्थन छ । अधिकांश दल सत्ता स्वार्थका लागि सरकारको नजिक पुगेका छन् ।

विश्वासको मत लिएपछि प्रधानमन्त्री सरकारलाई पूर्णता दिनेतर्फ लाग्ने बताएका छन् । तर कतिपय दल सत्ता भागबण्डामा कुरा नमिल्दा असन्तुष्ट हुने देखिन्छ । त्यसबाहेक रास्वपा, नागरिक उन्मुक्ति, जनमत पार्टी लगायतले आफ्ना मुद्दा सम्बोधन नभए कुनैपनि बेला सरकारको साथ छाड्ने चेतावनी दिएका छन् । यस्तोमा सरकारलाई पटक पटक विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्दछ । यसले निम्त्याउने राजनीतिक अस्थिरताको खतराप्रति दलहरु जिम्मेवार हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ