२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपनिर्वाचनका लागि चितवन-२ मा २४ जनाले गराए उम्मेदवारी दर्ता

२०७९, २१ चैत्र मंगलवार ०५:३०

चैत २१, काठमाडौँ | आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन–२ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  

चितवन-२ मा १२ राजनीतिक दलका प्रतिनिधि र १२ जना स्वतन्त्र ब्यक्तिहरुले उम्मेदवारी दर्ता गरेका छन् । उक्त क्षेत्रमा रास्वपा, काँग्रेस, एमालेसहित राप्रपा, जनमत, नेमकिपा लगायतका अन्य १२ वटा दलका उम्मेदवारहरु पनि चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारमध्ये २ जना महिला रहेका छन् । निर्वाचन आयोगले आज उम्मेदवारविरुद्ध दाबी विरोधको लागि समय छुट्टाएकाे छ ।  

नागरिकता विवादमा मुछिएपछि तत्कालिन सांसद रवि लामिछानेको सांसद पद खारेज भएपछि हुन लागेको उपनिर्वाचनमा पुनः रवि स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका छन भने एमालेबाट गत मंसिरमा चितवन ३ बाट अन्तिम समयमा ब्याक भएका रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसबाट निवर्तमान उपसभापति जितनारायण श्रेष्ठबिच त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको हो ।

गत निर्वाचनमा एमाले र कांग्रेसको उम्मेदवार भन्दा दोब्बर बढि मत ल्याएर विजयी भएका लामिछानेले आज उम्मेद्वारी दर्ताको क्रममा यो पटक पनि जित निश्चित भएको दाबी गर्दा कांग्रेस र एमालेका उम्मेदवारहरुले पनि परिणाम पहिलेको निर्वाचनको भन्दा फरक आउने र आ-आफुले जित्ने दाबी गरेका छन् ।

उपनिर्वाचन भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस तथा नेकपा एमाले सहितका अन्य साना दलहरुले यो निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन