१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मधेस सरकारबाट बाहिरियो एमाले, ५ मन्त्रीले दिए राजीनामा

२१ चैत्र २०७९, मंगलवार १०:४५

चैत २१, काठमाडौँ | केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मधेस प्रदेश सरकारबाट पनि नेकपा (एमाले) बाहिरिएको छ । नेकपा एमालेका मन्त्रीहरूले आज संयुक्त रुपमा दिनुभएको राजीनामा मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकृत गरेसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको हो ।  मधेस प्रदेश सरकारमा एमालेका चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जना सहभागी हुनुहुन्थ्यो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएपछि एमालेका मन्त्रीहरुले राजीनामा बुझाएको बताउनुभयो । “केन्द्रमा सत्ता समीकरण बदलिएलगत्तै एमालेका मन्त्रीहरुले राजीनामा दिनेबारे परामर्श गर्नुभएको थियो तर त्यसबेला मैले नै पर्खिन भनेको थिएँ”, मुख्यमन्त्री यादवले भन्नुभयो, “केन्द्रमा गठबन्धन दलको निर्णय र विकसित राजनीतिक अवस्थाका कारण उहाँहरुले नैतिकताका आधारमा राजीनामा बुझाउनुभएको हो ।” बाँकी प्रक्रिया नयाँ गठबन्धन दलको सहमतिमा हुने उहाँको भनाइ छ । मुख्यमन्त्री यादवले बारा निर्वाचन क्षेत्र नं २ को निर्वाचनपछि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सहित सरकार विस्तार हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

नेकपा एमालेका नेता एवं निवर्तमान कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखीले केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि आफूहरुले नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभयो । राजीनामा बुझाइसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले मुख्यमन्त्रीको सहजताका लागि आफूहरु सरकारबाट बाहिरएको तर समर्थन फिर्ता लिने वा कायम राख्ने भन्ने विषयमा अहिले निर्णय नभइसकेको बताउनुभयो । 

मधेस प्रदेश सरकारमा एमालेका तर्फबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जैद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री हुनुहुन्थ्यो । साथै केशव राय गृह तथा सञ्चार राज्यमन्त्री हुनुहुन्थ्यो । 

बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवविरुद्ध एमालेले उम्मेदवारी दिएपछि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन् । उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि जसपा अध्यक्ष यादवविरुद्ध जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ