२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसले टुरिस्ट उम्मेदवार भनेकोमा स्वर्णिमको जवाफ- सीमा भनेको मान्छेले कोरेको मानचित्रमात्रै हो

२०७९, २४ चैत्र शुक्रबार ०७:३४

चैत २४, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले सीमा भनेको मानिसले बनाएको मानचित्रमात्रै भएको बताएका छन् ।

आफूलाई टुरिष्ट भन्नेलाई जवाफ दिँदै वाग्लेले भने, ‘सीमा नक्सा भनेका मान्छेले कोरेका मानचित्र हुन् । यस क्षेत्रका शंकर भण्डारीलाई मादी पारि पुर्‍याइदिनुभाछ, म मर्स्याङ्दीपारिको स्वर्णिम वाग्ले यहाँ आएर लड्न नहुने ? तनहुँको प्रदीप पौडेललाई काठमाडौं ५ मा लगेर उतार्नुभयो, उहाँको क्याम्पेनमा मरेर लागेर जिताउन मैले धेरै प्रयास गरेँ ।’

उनले अर्को क्षेत्रमा गएर चुनाव लड्दैमा टुरिष्ट भनेर हेयको भावनाले हेर्न नहुने बताए ।

‘नेपालको संविधानमै कुनैपनि नागरिक जुनसुकै क्षेत्रमा गएर लड्न पाइन्छ भनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल कास्कीमा जन्मिनुभयो, कहिले सिरहाबाट लड्नुभाछ, अहिले गोरखाबाट जित्नुभयो, यो कुरा चाहीँ अलि बढी संकिर्णता भयो की यस्ता खाले प्रश्न उठाउनका लागि ।’

तनहुँ कुनै एउटा दलको गढ नभई लोकतन्त्रवादीको गढ भएको र रास्वपा पनि लोकतान्त्रिक पार्टी भएको वाग्लेको भनाई थियो ।

‘यहाँका जनता कुनै पार्टीका विचारका बन्दी होइनन्, हामीले सबैको आकर्षित तरिकाबाट मत ल्याउँछौ’, उनले भने ।

चुनाव स्वस्थ प्रतिस्पर्धाबाट लड्ने बताउँदै वाग्लेले आरोप-प्रत्यारोप नगर्ने प्रतिबद्धता जनाए ।

जनताको आकांक्षामा लय मिलाएर अगाडि बढ्ने बताउँदै वाग्लेले भने, ‘लोकतान्त्रिक व्यवस्थाको मर्म पनि यही हो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन