२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर दुरुपयोग भयाे- चित्रबहादुर केसी

२०७९, २४ चैत्र शुक्रबार ०८:०६

चैत २४, काठमाडौँ | सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएको भोलिपल्टै विवाद सुरु भएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा सङ्घीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा पार्टीका कैयौँ गम्भीर प्रकारका मतभेदहरू रहेको बताएका छन् । बिहीबार सत्ता साझेदार दलका प्रमुख नेताहरूको हस्ताक्षर गरी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको थियो ।

केसीले शुक्रबार विज्ञप्ति जारी गरी दश दलद्वारा जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा पार्टीका कैयौं गम्भीर प्रकारका मतभेदहरु रहेको बताएका छन् । यही मतभेदका कारण विगतको पाँच दलीय सरकारले जारी गरेको न्युनतम साझा कार्यक्रममा हस्ताक्षर नगरेको र त्यो नीति अहिले पनि कायमै रहेको केसीले उल्लेख गरेका छन् ।

अहिलेको सरकारको न्युनतम साझा कार्यक्रममा पनि डिजिटल हस्ताक्षर राखिएको सन्दर्भमा प्रधानमन्त्रीसँग सम्वाद भएको भन्दै केसीले विज्ञप्तिमा लेखेका छन्, ‘तर त्यो हस्ताक्षर न्यूनतम साझा कार्यक्रमलाई स्वीकृत गर्न उपयोग गर्ने सवालमा भएको होइन ।’ हस्ताक्षर भ्रमबस नै न्यूनतम साझा कार्यक्रममा परेको केसीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन