१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

२४ चैत्र २०७९, शुक्रबार ०९:१४

चैत २४, काठमाडौँ | प्रतिनिधि सभाको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको संसद् बैठकको शून्य समयमा बोल्दै एमाले सांसद विद्या भट्टराईले चैत २२ गते सरकारले एकल महिलाका सन्तानलाई मावलीको थर राखेर जन्मदर्ता बनाउन स्थानिय निकायलाई दिएको निर्देशनले नेपालको संविधान र कानुनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई अस्वीकार गरेको हुदाँ उक्त निर्णय सच्याउन माग गरिन् ।

सांसद राजेन्द्र पाण्डेले सांसदहरुले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरुले संसदमा उपस्थित भएर अनिवार्य रुपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।

सांसद विना लामाले दुर्गम गाँउहरुमा सामान्य एक्सरे मेसिन र डाक्टरको अभावले सामान्य विरामी हुदाँपनि गाँउको जग्गा जमिन बेचेर उपचार गर्न शहर आउनुपर्ने बाध्यता रहेको भन्दै धन भन्दा विद्या ठुलो भन्ने भनाई उल्टो भएर विद्या भन्दा धन ठुलो हो भन्ने अवस्था आईरहेको भन्दै ग्रामिण भेगमा विषेशग्य सहितको चिकित्सकिय सेवा कहिले पुग्छ भन्दै सरकारलाई प्रश्न गरिन् ।

सांसद विराजभक्त श्रेष्ठले गत चैत २१ गते अज्ञात व्यक्तिले चितवनमा हात्तिको सुढ काटिएको घटनाप्रति भत्र्सणा गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ को दफा २६ बमोजिम कारबाही गर्न माग गरेका छन् ।

सांसद शान्ती विकले नेपालमा जातिय विभेदको घटनामा कमी आउन नसकिएको भन्दै विभेदको स्वरुप फेरिएपनि अवस्था उस्तै रहेको भन्दै संविधानको पानामा दलितको विभेदप्रति कानुन कोरिएपनि वास्तविक रुपमा दलितप्रतिको व्यवहार परिर्वतन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिन् ।

सांसद शान्ती श्रेष्ठले जोरपाटी,गोकर्णजाने सडक जिर्ण भएको कारण आवतजावतमा कष्ट भएको भन्दै समस्या समधान गर्न सरकारलाई आग्रह गरिन् ।

सांसद शिव नेपालीले मुग्लिन नारायणघाट सडकको दुरावस्थाको बारेमा जानकारी गराँँउदै गुडेर हिड्नेको पिडा उडेर हिड्नेले बुझ्न नसक्ने बताए ।

सांसद सुनिता बरालले सरकारले ल्याएको नीति कार्यक्रमले निराश बनाएको टिप्पणी गरिन् ।

सांसद सुमना श्रेष्ठले रास्वपाको पहलमा अघिल्लो पटक ल्याईएको साझा कार्यक्रममा समेटिएका विषय हटाईएको भन्दै रास्वपालाई कित्ताकाट गर्न खाजिएको हो भन्दै प्रश्न गरिन् ।

सांसद सोविता गौतमले राष्ट्रिय फुटवल टिमका मुख्य प्रशिक्षकले अहिलेसम्म श्रम स्वीकृती नपाएको भन्दै यो खेल प्रतिको उदासिनता रहेको उल्लेख गर्दै खेल जितेको बेला खुजुरा पैसाको बिटो बाडेर खेलप्रतिको दायित्व पुरा नहुने भन्दै मुख्य प्रशिक्षकलाई तत्काल श्रम स्वीकृती प्रदान माग गरिन् ।

सांसद सञ्जयकुमार गौतमले यो सदनमा जति बोलेपनि कसैले नसुन्ने भन्दै सरकारलाई व्यंग्य गरे ।

अर्का सांसद ज्ञानेन्द्र शाहीले सरकारको चरित्र दोहोरो भएको भन्दै सरकारले भनाई र गराईमा विभेद गरेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु