चैत २५, काठमाडौं | नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ नेता न्यौपानेले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन् ।
एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको, अवसरवादमा लिप्त भएको उनको आरोप छ ।
मुकुन्द न्यौपानेले आफूले एकीकृत समाजवादीमा जिम्मेवारी लिएदेखि नेतृत्व सत्ता गठबन्धनको सिमसार दलदलमा फसेको टिप्पणी गरेका छन् । उनले पार्टीमा सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने र जति खाए पनि नअघाउने प्रवृत्ति बढेको पनि टिप्पणी गरेका छन् |