१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेले सम्मानित पद दिए झलनाथ खनाल एमाले फर्किने !

२६ चैत्र २०७९, आईतवार ०५:१७

चैत २६, काठमाडौँ | नेकपा एकीकृत समाजवादीमा वरिष्ठ नेता मुकुन्द नेउपानेले पार्टी परित्याग गरेका छन् । एमालेबाट विद्रोह गर्दै नेकपा एसमा लागेका नेउपाने फेरि एमाले फर्किने तयारीसहित पार्टी छाडेका छन् । नेकपा एस अवसरवादीहरुको झुण्ड भन्दै पार्टी छाडेका उनले पूर्वप्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनाललाई समेत गम्भीर आरोप लगाएका छन् ।

एमालेमा तत्कालीन अध्यक्ष केपी ओलीले संसद विघटन गरेपछि संविधान र लोकतन्त्रको रक्षा गर्न भन्दै आन्दोलनरत माधव नेपाल पक्षधर नेताहरुले एमालेले आफूहरुलाई बाहिर निकाल्न ढोका नै बन्द गरेको भन्दै नेकपा एकीकृत समाजवादी पार्टी घोषणा गरे ।

पार्टी घोषणाको केहि समयसम्म तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी पनि भए । त्यसपछि भएको निर्वाचनमा नेकपा एसले १० सिट प्रत्यक्ष जित्यो । तर, थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्नबाट पछि प¥यो । विभिन्न बैठकमा वरिष्ठ नेता नेउपानेले भने एमालेसँग एकता गर्न लचक हुनुपर्ने गरि दस्तावेज नै लैजान थाले । पार्टीले उनलाई स्पष्टीकरण नै सोध्यो ।

एमाले प्रवेश गर्ने बाटो कुरेर बसेका उनी अन्ततः विभिन्न आरोप लगाउदै नेकपा एस परित्याग गरेको घोषणा गरेका छन् ।

विद्रोह गरेर बनाएको पार्टीलाई गम्भीर आरोप लगाउदै नेकपा एसको वरिष्ठ नेता हुनुभन्दा स्वाभिमानी नागरिक भएर बस्नु उचित हुने दाबी गरेका नेउपानेले नेकपा एसकै सम्मानित नेता झलनाथ खनालबारेसमेत गम्भीर टिप्पणी गरेका छन् । झलनाथलाई एमालेले सम्मानित स्थान दिए एमालेमा फर्किने उनको दाबी छ ।

नेकपा एसमा सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको उनको आरोप छ ।

नेता नेउपानेले सांसद भएकाहरूलाई नौ—नौ महिनामा मन्त्री दिने भनेर आश्वासन दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नजाने समेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु