१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मधेसमा जातियता र साम्प्रदायिकतालाई मागी खाने भाँडो बनाउन पाईँदैन : रवि लामिछाने

२६ चैत्र २०७९, आईतवार ०७:२०

चैत २६, बारा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसमा जातियता, क्षेत्रीयता र साम्प्रदायिकतालाई दलहरूले मागी खाने भाँडो बनाएको आरोप लगाएका छन् । आइतबार बाराको सिमरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले सो कुरा बताएका हुन् । काठमाडौवासीले बालेन शाहलाई अत्यधिक मतले विजयी बनाएको उदाहरण दिँदै उनले अब दलहरूले जातियता, क्षेत्रीयता र साम्प्रदायिकतालाई मागी खाने भाँडो बनाउन नहुने बताए । 

‘नयाँ पुस्ताले अब नेतृत्व कस्तो मान्छेको हुने हो भन्ने हेर्छ, स्थानीय निर्वाचन हो भने त्यही वडाको मान्छे चाहिने होला, हामी वडाध्यक्ष चुनिरहेका छैनौ सांसद चुनिरहेका छौ, त्यसैले राष्ट्रिय स्तरको उम्मेदवार हामीले उठाएका हौँ’ सभापति लामिछानेले भने ‘अब राजनीति गर्ने मान्छेहरूले जातियता, साम्प्रदायिकता र क्षेत्रीयतालाई धेरै मागी खाने भाँडो बनाउन हुँदैन यो कुरा नेपाली नागरिकहरूले बुझिसकेका छन् ।’ 

सभापति लामिछानेले मधेसमा काम गर्ने राष्ट्रिय स्तरको उम्मेदवार आवश्यक भएकाले पार्टीले रमेश खरेललाई उठाएको बताए  । ‘स्थानीय चुनाव हो भने त्यही वडाको मान्छे चाहिने होला, तर हामीले  सांसद चुनिरहेका छौ सांसद चुनिसकेपछि यो भन्दा माथि उठ्नुपर्छ’ उनले भने, ‘निर्वाचन उठेका हाम्रा उम्मेदवारहरू विषय विज्ञ छन्, निर्वाचित भएर गइसकेपछि संसद्मा हाम्रा सांसदहरूको संसदीय अभ्यास विरलै देखिएको अभ्यास छ, हाम्रो पार्टी भित्र टिके प्रणाली छैन कुनै पनि क्षमतावान् मान्छेलाई अगाडि बढ्न ठुलो नेताले रोक्न सक्दैन’

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा बारा निर्वाचन क्षेत्र नं २ को विकासको लागि काम गर्ने भएकाले उम्मेदवार स्थानीय हुनु वा बाहिरको हुनुले खास फरक नपर्ने लामिछानेको भनाई छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज दिउँसो ३ बजे बारा २ मा चुनावी सभा आयोजना गरेको छ । चुनावी सभामा भाग लिन सो पार्टीका सभापति सहित केन्द्रीय स्तरमा नेताहरू बारा आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु