२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सातै प्रदेशमा गठबन्धनबीच आलोपालोको सहमति भएको बालकृष्ण खाणको खुलासा

२०७९, २६ चैत्र आईतवार ०८:४९

चैत २६, जनकपुरधाम । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले सबै प्रदेशमा नेतृत्व (मुख्यमन्त्री) आलोपालो गर्ने गठबन्धनमा सैद्धान्तिक सहमति भएको खुलासा गरेका छन् ।

जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता खाणले कुन प्रदेशमा को नेतृत्व गर्ने कुराको टुंगो उपनिर्वाचनपछि लाग्ने बताए । उपनिर्वाचनपछि सातवटै प्रदेश सरकार पुनर्गठन हुने र सत्ता गठबन्धन रहेका दलहरू सहभागी हुने उनको भनाई थियो ।

मधेसमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादव छन् । उनी बाराका हुन् । बारा २ मा उपनिर्वाचन हुन लागेको छ र जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् ।

जसपाबाट बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बने । स्रोतका अनुसार उपराष्ट्रपति र बारा २ क्षेत्र जसपालाई छाड्न कांग्रेसले मधेसका मुख्यमन्त्री लिने ‘गोप्य सहमति’ भएको चर्चा छ । तर, कांग्रेस नेता खाणले आज मधेसकै राजधानी जनकपुरधाम आएर सबै प्रदेशको नेतृत्व आलोपालो गर्ने सैद्धान्तिक सहमति भएको बताए । उनले गरेको दाबी अनुसार उपनिर्वाचनपछि मधेसको नेतृत्व कांग्रेसले पाउने निश्चित छ ।

मधेसमा कांग्रेस दोस्रो ठूलो दल पनि हो । कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले समेत मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताइसकेका छन् । कांग्रेस अहले मधेश सरकारमा सहभागी छैन ।

स्रोतका अनुसार जसपा र कांग्रेस नेतृत्व तहमा भएको सहमतिअनुसार अहिले नेतृत्व परिवर्तन गर्दा बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई असर पर्न सक्छ । त्यसैले उपनिर्वाचनपछि जसपाले मुख्यमन्त्री सरोज कुमार यादवलाई फिर्ता बोलाएर मधेसको नेतृत्व कांग्रेसलाई सुम्पिने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा