१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निलम्बन पछि श्रेष्ठको स्पष्टीकरण : दुर्गा प्रसाईंलाई चिन्दिनँ, अडियोको आवाज मेरो होइन

२६ चैत्र २०७९, आईतवार ०९:०७

चैत २६, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँको डिल गरेको आरोप राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले अस्वीकार गरेका छन् । सार्वजनिक भएको अडियोमा सुनिएको स्वर आफ्नो नभएकोसमेत उनको जिकिर छ ।

अडियो सार्वजनिक भएसँगै पार्टीभित्र हंगामा उत्पन्न भएपछि श्रेष्ठले अनौपचारिक रुपमा आफ्नो स्पष्टीकरण दिएका हुन् । पार्टीको म्यासेञ्जर ग्रुपमा सन्देश लेख्दै उनले आफू निर्दोष भएको बताएका छन् ।

‘म दुर्गा प्रसाईंलाई चिन्दिनँ, कहिल्यै उहाँसँग पैसा मागेको छैन’, श्रेष्ठले भनेका छन् ।

आफूले मन्त्री बन्ने कुनै प्रयाससमेत नगरेको श्रेष्ठको भनाइ छ । उनले पार्टीबाट हुने छानबिनमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । श्रेष्ठले अस्वीकार गरे पनि अडियोमा सुनिएको आवाज श्रेष्ठसँग एकदमै मिल्दोजुल्दो रहेको नेताहरु बताउँछन् ।

‘यदि कसैले दुरुस्तै क्यारिकेचर गरेको भए बेग्लै कुरा, नत्र हामीले सुन्दा उहाँकै जस्तो लाग्छ’, एक केन्द्रीय सदस्यले भने ।

यो अडियोका विषयमा श्रेष्ठसँग प्रत्यक्ष सम्पर्क गर्ने प्रयास गर्दा उनको फोन रिसिभ भएन । व्यवसायी प्रसाईंसँग पनि सम्पर्क हुन सकेन । उनी अहिले वीरगञ्जमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु