२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ढाकामाथिको आरोप पुष्टि भए उनको सांसद पद के हुन्छ?

२०७९, २६ चैत्र आईतवार ११:००

चैत २६, काठमाडौँ | व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। 

सांसद श्रेष्ठको आरोप प्रमाणित भए उनी सधैंका लागि निलम्बन हुनेछन् । तर, उनले अडिओ इडिट गरेको बताउँदै आफूले छानबिनमा सघाउने पार्टीमा जानकारी गराइसकेका छन् ।


यद्यपी, उनीमाथिको आरोप प्रमाणित भए पार्टीले निलम्बित गरेको पत्र संसद सचिवालयमा पठाउँछ । संसद् सचिवालयमा आएको पत्र सभामुखले प्रतिनिधि सभाको बैठकमा पढेर सुनाएपछि उक्त पद रिक्त हुन्छ ।

सभामुखले रिक्त रहेको जानकारी गराइसकेपछि मात्रै आयोगले प्रक्रिया थाल्नेछ । श्रेष्ठ समानुपातिक कोटाबाट सांसद भएका हुन् । उनी आदिवासी जनजाति कोटाबाट सांसद बनेका थिए ।

उनीलाई कारबाही गरेको पत्र प्राप्त भएपछि मात्रै आदिवासी जनजाति क्लस्टरबाट दोस्रो सूचीमा रहेका मेघबहादुर आले सांसद बन्नेछन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म कुनै दलले सांसदलाई कारवाही गरेको पत्र आफूलाई नआएको बताए ।

उनले भने, ‘हामीले पनि मिडिया हेरेर रास्वपाको सांसदबारे थाहा पाएको हौं । त्यतिको आधारमा हामी प्रक्रिया थाल्दैनौँ ।’

उनले कुनै सांसदमाथि आरोप लागेपछि पार्टीले छानविन गर्ने र पुष्टि भएमात्रै केन्द्रीय समितिले निर्णय गरेर कारवाहीको पत्र संसद सचिवालयलाई पठाउने बताए ।

उनले थपे, ‘प्रतिनिधि सभाको बैठकमा सभामुखले पढेर पद रिक्त रहेको पत्र हामीकहाँ आएपछि हामीले समानुपातिक निर्वाचन प्रणालीमार्फत् प्रक्रिया अगाडि थाल्छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा