चैत २७, तनहुँ | व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकि छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ । जङ्गलका राजा भनेर चिनिने कुसुण्डाकी छोरी सिमान्त कक्षा ७ बाट उत्तीर्ण भई कक्षा ८ पुगेको खुसीयालीमा पुरस्कृत गरेको हो । 

छो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २७, तनहुँ | व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकि छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ । जङ्गलका राजा भनेर चिनिने कुसुण्डाकी छोरी सिमान्त कक्षा ७ बाट उत्तीर्ण भई कक्षा ८ पुगेको खुसीयालीमा पुरस्कृत गरेको हो । 

छो"/>

१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जङ्गलका राजा कुसुन्डाकी छोरी सिमान्त पुरस्कृत

२७ चैत्र २०७९, सोमबार ०७:१३

चैत २७, तनहुँ | व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकि छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ । जङ्गलका राजा भनेर चिनिने कुसुण्डाकी छोरी सिमान्त कक्षा ७ बाट उत्तीर्ण भई कक्षा ८ पुगेको खुसीयालीमा पुरस्कृत गरेको हो । 

छोरी उत्तीर्ण भएपछि आमा इन्द्रमाया कुसुन्डाकी आमामा खुसी  हुनुभएको छ । सिमान्त उहाँकि मात्र एक सन्तान हुन् । वार्षिक नतिजा प्रकाशन गर्दै विद्यालयले सिमान्तलाई हौसला प्रदान गर्न पुरस्कृत गरेको हो । विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङ र विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीले संयुक्त पुरस्कृत गरेका हुन् । 

राजामा कुसुन्डाको २०७५ वैशाख ५ गते निधन भएपछि उहाँको श्रीमती इन्द्रमाया कुसुन्डाले छोरीलाई पालनपोषण र शिक्षा दिँदै आउनुभएको छ । विद्यालयले सिमान्तलाई निःशुल्क पढाइरहेको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले जानकारी दिनुभयो । 

कुसुन्डा लोपोन्मुख जातिमा पर्छ । तनहुँमा एक घर परिवार मात्रै कुसुन्डा छन् । इन्द्रमायाको परिवारलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरिद गरी व्यास–१० स्थित डिहीकुनामा तीन कोठे घर निर्माण गरिदिएपछि उक्त घरमा बस्दै आउनुभएको छ । 

इन्द्रमाया र छोरी सीमान्तले लोपोन्मुख जातिका रूपमा मासिक रु दुई हजार सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ । तर त्यसले आफ्नो आवश्यकता नपुग्ने इन्द्रमायाको गुनासो छ ।  

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँकी निर्वतमान अध्यक्ष वसुन्धरा घर्तीले लोपोन्मुख जातिको संरक्षणमा सहयोग पु¥याउन इन्द्रमायालाई जागिरको व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

कसुन्डा जातीको संरक्षणको लागि प्रतिष्ठानले नै विसं २०६१ पुस ७ गते राजामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो । कुसुण्डा स्याउलाका एकपाखे छाना भएका अस्थायी टहरा बनाउँदै फिरन्ते रुपमा जङ्गलका विभिन्न ठाउँमा बसोबास गर्दथे । 

जङ्गली रूख बिरुवाका ठूलाठूला पात गाँसेर ओछ्याउने र ओढ्ने गर्थे । धनुषवाण, कालिग, गोहोरो, वन कुखुरा, मृग, स्याल लगायतको सिकार गर्दथे । वन तरुल, निगुरो, गिठा, भ्याकुर, सिप्लीगान जस्ता जङ्गलमा पाइने कन्दमूल तथा तरकारी खाएर जीवनयापन गर्ने गर्दथे । जङ्गलमै बच्चा जन्माउने, स्वास्थ्य सुरक्षा नहुँदा बच्चा मर्ने जस्ता कारणले कुुुसुण्डा लोप हुँदै गएकाले तनहुँका कुसुण्डा परिवारलाई सामाजिक जीवनमा ल्याइएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित)