१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेभित्रका पूर्व माओवादी नेताहरु एउटै मञ्चमा आउन तयार हुनुहुन्छ : महरा

२७ चैत्र २०७९, सोमबार १०:००

चैत २७, काठमाडौँ | नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एमालेभित्रका पूर्व माओवादी नेताहरु एउटै मञ्चमा आउन तयार भएको बताएका छन् । माओवादी धारले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महराले जनयुद्धकालीन मुद्दामा सहकार्य गर्न सहमत भएको बताए ।  

कम्युनिस्टहरुको व्यवहार गर्दा सिद्धान्त बिर्सने सिद्धान्त अंगाल्दा व्यवहार बिर्सने वंशाणुगत रोग भएकाले त्यसलाई त्याग्नुपर्ने महराले बताए । पूर्व माओवादी घटकहरु सकेसम्म एकता नभए मोर्चा बनाएर अघि बढिने बताए ।

‘हामी माओवादी धार सकेसम्म पार्टी एकता गरेर जाने उद्देश्य बनाएको छ । यदि नसेकेमा संयुक्त मोर्चा बनाएर जाने सोचिएको छ । यस विषयमा सुरुदेखि सहमत भएर आएका छौं’ महराले भने,  ‘यस मञ्चमा भएका केही पार्टीहरुसँग केही दिनभित्र एकता हुन्छ । कतिपय पार्टीसँग कार्यगत एकता गरेर अघि बढिने छ ।’ 

पछिल्लो समय प्रचण्डले सबै माओवादी घटकका नेताहरुसँग संवाद गरेको महराले बताए । ‘प्रचण्ड कमरेडसँग किरण, धर्मेन्द्र, विप्लवजीले भेटेर कुरागरी राख्नु भएको छ । सबैसँग कुरा भइराखेको छ’ महराले भने, ‘तर सबै माओवादी घटकको एकता छिटो हुँदैन । यी सबै पार्टीसँग एकता, संयुक्त मोर्चा र मञ्च प्रयोग गरेर सहकार्य हुन सक्छ ।’

यस्तै महराले आगामी कार्यक्रममा फरकढंगले माओवादी धारको कार्यक्रम सञ्चालन गरिने बताए । आफूहरु नबोलेर काँग्रेस, एकीकृत समाजवादी, जसपा लगायत नेताहरुलाई बोल्न दिइने भएको छ । यस्तै नागरिक समाजका अगुवाहरुलाई समेत बोलाएर छलफल गर्ने तयारी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण