२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ढाकाले पठाए स्पष्टीकरणको जवाफः अडिओको आवाज सम्पादित भएको ढिपी

२०७९, २८ चैत्र मंगलवार ०५:५४

चैत २८, काठमाडौँ | अडिओ प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीको अनुशासन आयोगलाई लिखित स्पष्टीकरण पठाएका छन् । आयोगले दिएको २४ घन्टाको समय नघाएर हिजो राति अबेर उनले स्पष्टीकरण दिएका हुन् ।

स्रोतका अनुसार श्रेष्ठले सार्वजनिक अडि‌ओमा भएको आवाज ‘सम्पादित’ रहेको उल्लेख गरेका छन् । स्रोतले भन्यो, ‘स्पष्टरूपमा त्यो आवाज मेरो होइन भनिएको छैन, तर आवाज सम्पादन गरिएको भनिएको छ ।’

श्रेष्ठले मात्र एक अनुच्छेदको स्पष्टीकरण पार्टीले गर्ने कुनै पनि निर्णय आफूले स्वीकार्ने उल्लेख गरेका छन् । यसअघि स्पष्टीकरणसँगै राजीनामा समेत दिने संकेत उनले अनुशासन आयोगलाई दिएका थिए । तर, केही कानून व्यवसायीहरूसँग छलफलपछि तत्काल राजीनामा दिने मनस्थिति उनले बदलेको स्रोतले बतायो ।

श्रेष्ठको स्पष्टीकरणपछि अनुशासन आयोगको वैठक अहिले १२ बजे बस्दैछ । सो बैठकले आज दिनभरिमा ठोस निर्णय लिने आयोगका संयोजक भरत देवकोटाले बताए । आयोगलाई पार्टीमा प्रतिवेदन बुझाउन भोलिसम्मको समय छ ।

‘सकेसम्म आजै, नत्र भोलि प्रतिवेदन बुझाउने गरी काम गरिरहेका छौं,’ उनले भने ।

श्रेष्ठले आवाज आफ्नो भएको स्वीकार नगरेपछि यसको अनुसन्धानका लागि फरेन्सिक टेस्ट गर्नुपर्ने हुन्छ । यो विषयमा पनि अहिलेको वैठकमा छलफल हुनेछ । श्रेष्ठमाथि कारबाहीको निर्णय लिनुअघि आयोगले उनको थप बयान लिन सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा