१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नागरिकता विधेयक अगाडि बढ्छ: गृहमन्त्री श्रेष्ठ

२८ चैत्र २०७९, मंगलवार ०८:४७

चैत २८, रुपन्देही | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको गठबन्धनले नै देशमा स्थायित्व दिने र सरकारले पूर्णता पाएसँग सरकार र आफ्नो मन्त्रालयले देखिने गरी काम गर्ने बताएका छन् 

प्रेस सेन्टर रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।

सरकारले १ सय दिन पूरा गर्दा पनि प्रभावकारी काम गर्न नसकेको र सरकारको स्थायित्वका आधारका विषयमा पत्रकारहरूको जिज्ञासामा श्रेष्ठले भने, ‘यसअघिको गठबन्धनमा समस्या थियो, त्यसबाट स्थायित्व सम्भव थिएन, अब त्यो समस्या हटेको छ, अब हामीले मूर्तरूपमा काम गर्न पाउनेछौँ ।’

यसअघि संसदमा रोकिएको नागरिकता विधेयकलाई अब अगाडि बढाउने उनले जनाएका छन् ।

‘मैले गृह मन्त्रालय सम्हालेको दिन भनेको छु जसले संविधानअनुसार नागरिकता पाउन सकेका छैनन्, उनीहरूलाई नागरिकताबिहीन बनाएर राख्न सकिँदैन, नागरिकता नहुँदाको पीडा बोध गर्न सक्नुपर्छ, त्यस कारण संविधानअनुसार नागरिकता पाउनेहरूको लागि यसअघि विधेयक बनाइएको थियो, त्यो विधेयक अगाडि बढ्न सकेन, अहिले त्यो विधेयक निष्क्रिय भएको छ, अब त्यसलाई हामी अगाडि बढाउँछौँ,’ मन्त्री श्रेष्ठले भने–’त्यो दिशातर्फ हामी पहलकदमी लिन्छौँ । तर नागरिकताको विषयमा राष्ट्रिय सहमति गर्नुपर्ने पक्षमा हामी छौँ । यसमा सबै दलको नेतृत्व, देशको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेको व्यक्तिले उपयुक्त राय दिन जरुरी हुन्छ । सबै पक्षको सहमति कायम गरेर अगाडि बढ्नेछौँ ।’

नेपाल आउने भारतीय पर्यटकलाई २५ हजारभन्दा बढी रकम ल्याउन नदिएर समस्या पारेको र क्यासिनो आउने पर्यटकहरूले अवैध तरिकाले रकम ल्याउँदा समस्या परेको विषयमा पत्रकारको प्रश्नमा मन्त्री श्रेष्ठले अहिले चलेको कानूनभन्दा अगाडि जान नसकिने तर पर्यटन प्रवर्द्धनलाई मुख्य लक्ष्य राखेकाले यसबारे यसअघिका नीति पुनः विचार गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण