२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा देशभक्त जनगणतान्त्रिक मोर्चाद्वारा जिल्ला समिति गठन गर्ने तयारी

९ आश्विन २०७३, आईतवार ०६:५७

रवि पाण्डे,  असोज ९, नवलपरासी । नवलपरासीमा देशभक्त जनगणतान्त्रिक मोर्चाले जिल्ला समिति गठन गर्ने तयारी गरेको छ । राष्ट्रप्रेमी, देशभक्त, पहिचानवादी एंवम् अग्रगामी शक्तिका रुपमा मोर्चालाई बिस्तार गर्नका लागि मोर्चाले नवलपरासीमा जिल्ला समितिका साथै सबै गाविसमा गाउ कमिटी बिस्तार गर्ने निर्णय गरेको हो । मोर्चाका केन्द्रीय सदस्य तथा मधेशी मुक्ति मोर्चाका नेता बृजदेव पाण्डेका अनुसार देशभक्त जनगणतान्त्रिक मोर्चाले यही असोज १९ गते परासीमा जिल्ला भेला गरी मोर्चा गठनको घोषणा गर्ने तयारी गरेको छ ।

नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको बैद्यानिक मोर्चाका रुपमा सो जनगणतान्त्रिक मोर्चा रहने नेता पाण्डेले जानकारी दिनुभयो । क्रान्तिकारी माओवादी नवलपरासीको शनिवार आरुङखोलामा सम्पन्न सचिवालय बैठकले देशभक्त जनगणतान्त्रिक मोर्चाको संगठन बिस्तार गर्ने निर्णय गरेको थियो । पार्टीलाई बिस्तारै अर्धभुमिगत बनाउदै बैद्यानिक मोर्चाबाट राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा संर्घष गर्ने बैद्य माओवादीका राष्ट्रिय भेलाको म्यान्डेट बमोजिम मोर्चा गठन हुन लागेको सो पार्टीनिकट स्रोतले जनाएको छ । मोर्चामा २५ प्रतिशतक्रान्तिकारी माओवादीका नेता कार्यकर्ता रहने बुझिएको छ ।

त्यस्तै क्रान्तिकारी माओवादी नवलपरासीको सचिवालय बैठकले कार्तिक महिना सम्म बिशेष आर्थिक अभियान, पार्टी सदस्यता आवेदन तथा मंसिर महिनाभित्र सदस्यता नवीकरण सम्पन्न गरी जिल्ला सम्मेलन तयारी गर्ने समेत निर्णय भएको जिल्ला सेक्रेटरी संकल्पले जानकारी दिनुभयो । पार्टीलाई आत्मनिर्भर बनाउन एक कमिटी एक उत्पादन को सम्भाब्यता अध्ययन गर्ने सो पार्टीले बताएकोछ । बैठकमा सातै वटा इलाकाबाट क्रमश आर्दश,प्रताप,पिताम्बर, के.वी,.चोला र लालसिंहले रिर्पाेटिङ गर्नुभएको बताइएकोछ । त्यस्तै बैठकमा क्रान्तिकारी माओवादीका जनबर्गाीय संगठन तथा मोर्चाबाट पनि बैठकमा रिर्पाेटिङ गरिएको थियो ।

जसअनुसार क्रान्तिकारी युवा लिगबाट उत्तम थापा ,सुकुम्बासीबाट चुडामणि भण्डारी, किसानबाट छबिलाल खरेल शिक्षकबाट  दीपक अर्याल  थारु मोर्चाबाट दुर्गा चौधरी महिलाबाट गिता पाण्डे, कुमाल मोर्चाबाट श्याम कुमाल,जनसांस्कृतिक बाट बोल्गा नेपाल, मगर मोर्चाबाट पिताम्बर फाल मगर र सुचना तथा संचारबाट रवि पाण्डेले आ–आफ्नो जिम्मेवारीबारे रिर्पाेटिङ गरेको बुझिएको छ । बैठक नेकपाक्रान्तिकारी माओवादी केन्द्रीय सदस्य तथा नवलपरासीका ईञ्चार्ज अशोक लम्साल अनुकुलको अध्यक्षता जिल्ला सेक्रेटरी संकल्पको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…