असोज १०, अर्घाखाँची | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) अर्घाखाँचीको २३ औँ जिल्ला सम्मेलनबाट पुनः गोपाल प्रसाद भट्टराईको अध्यक्षमा १"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १०, अर्घाखाँची | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) अर्घाखाँचीको २३ औँ जिल्ला सम्मेलनबाट पुनः गोपाल प्रसाद भट्टराईको अध्यक्षमा १"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अखिल छैठौं अर्घाखाँचीको अध्यक्षमा भट्टराई

२०७३, १० आश्विन सोमबार ०४:३९


असोज १०, अर्घाखाँची | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) अर्घाखाँचीको २३ औँ जिल्ला सम्मेलनबाट पुनः गोपाल प्रसाद भट्टराईको अध्यक्षमा १५ पुर्ण र ६ बैकल्पीक गरी २१ सदस्यीय जिल्ला समितिको गठन गरेको छ ।

सन्धिखर्कमा सम्पन्न सम्मेलनले र्निविरोध रुपमा भट्टराईलाई अध्यक्षमा चयन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा विष्णु के.सी, सचिवमा अनिल खनाल, सह–सचिवमा सन्देश खनाल र कोषाध्यक्षमा पुर्ण बहादुर नेपाली चयन भएका छन् । त्यस्तै सदस्यहरुमा  क्रमशः पुस्पा गैरे, पुस्पा भुसाल,जीवन नेपाली, हिम्मत खनाल, सन्जय के.सी, रन्जित परियार, बसन्ता खनाल, सन्तोष भुसाल, सतिष कुँअर, आकाश भाट, शुसिला घिमिरे, भुबन खनाल, प्रकाश बेलबासे लगाएत लाई  चयन गरेको छ । 

भेलाले जितेन्द्र खत्री, तिलक बन्जाडे, पबित्रा आचार्य, शिबलाल बेल्बासे लगायत ७ जनालाई सल्लाहकार मा मनोनयन समेत गरेको छ । नबगठित समितिलाई राजमो नेता सागर के.सि अखिल छैठौं का केन्द्रिय सदस्य कुलराज खनाल प्रगतिशील पत्रकार सघं लेपालका  श्याम घिमिरे लगाएतले बधाई तथा सफल कार्याकालको शुभकामना व्यक्त गरेका थिए । 

यसअघि सम्मेलनको उद्घाटन गर्दै छैठौंका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरेले  जनबादी शिक्षा प्राप्तीको लागि सबै बिद्यार्थीहरु एकजुट हुनुको बिकल्प नभएको बताउँदै देशमा आमुल परिवर्तन भई सक्दा पनि बिद्यार्थीहरुका समस्या जस्ताको तस्तै रहेको बताउँनु भयो । उहाँले संबिधान कार्यान्वयनको पक्षमा बोल्दै संघियताको भने  खारेजीको माग समेत गर्नु भएको थियो । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झबिलाल थापा, राजमो राप्ती लुम्बिनी क्षेत्रिय उपाध्यक्ष शेरबहादुर बि.सी, नेकपा मसालका जिल्ला प्रबक्ता थम्मन केसी, अनेमसंघ केन्द्रिय सदस्य कल्पना पोख्रेल, अखिल नेपाल किसान संघ राप्ती लुम्बिनी  समन्वय समिति सदस्य भिमलाल आचार्य, अनेरास्वबियुका जिल्ला अध्यक्ष प्रदीप नेपाली, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लक्ष्मण खड्का, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष कुलराज बंन्जाडे लगायतले शुभकामना मन्तब्य राख्दै देशमा बैज्ञानिक शिक्षा नहुँदा सम्म जस्तोसुकै शिक्षा आर्जन गरेपनि बेरोजगार बस्नुपर्ने अवस्था रहेको बताउँनु भएको थियो । कार्यक्रम अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षता, उपाध्यक्ष जितेन्द्र खत्रीको स्वागत मन्तब्य र  सचिव शिवलाल बेल्वासेको सञ्चालनमा सम्पन्न भएको हो थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै