२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

महंगी, कालोबजारीका विरुद्ध प्रशासनलाई ज्ञापनपत्र

२०७३, १० आश्विन सोमबार ०४:४५

असोज १०, अर्घाखाँची | नेकपा माओवादी विप्लव अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीलाई ज्ञापन पत्र बुझाएको छ । महंगी, भष्ट्रचारी, कालोबजारी, सुकुम्बासी समस्या र सुरक्षा जस्ता मुद्दालाई लिएर विप्लव माओवादी अर्घाखाँचीले ज्ञापनपत्र बुझाएको हो । 

विज्ञप्तीमा भनिएको छः दैनिक उपभोग्य बस्तु र सेवा सुविधामा भएको मुल्यवृद्धिले जनताको ढाँड सेकेको छ । गरिबको रेखामुनि रहेका, किसान, मजदुर, सुकुम्बासी, विद्यार्थी, भुकम्पपिडित, न्युनबेतनी कर्मचारी, सेना, पुलिसका लागि प्रचलित मूल्यको ५० प्रतिशत छुटमा उपभोग्य बस्तु सर्बसुलभ गराईयोस भन्ने माग गर्दछौं । 

राज्यले आफ्ना मागहरु दशैं अगाडि पुरा नभए संघर्षका कार्यक्रम सहित कार्तिक २८ गते नेपाल बन्द गर्ने पनि जिल्ला सेक्रेटरी सुमन ज्ञवालीद्धारा हस्ताक्षर ज्ञापन पत्रमा भनिएको छ । 

खाँचीकोटको चुनढुंगा उत्खनन तत्काल बन्द गर्न, आर्थिक रुपमा अपादर्शी र भ्रष्टलाई तत्काल जनताको सामु सार्वजनिक गर्न, विकासका नाममा भ्रष्टचार र कमिसनका कारण निर्माण कार्यमा देखिएको गुणस्तरहीन कार्य र खेतियोग्य जमिनलाई खण्डिकरण गरी पलटिङ्ग गर्ने कार्यलाई तत्काल रोक्न ज्ञापनपत्र बुझाएको युवा जिल्ला कार्यलय सदस्य तथा युवाको केन्द्रीय सदस्य योगेन्द्र चौहानले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर