असोज ११, बेसीशहर । पूर्वी लमजुङको एकमात्र राईनास नगरपालिकालाई गाउँपालिकामा घटुवा गरी प्रस्ताब भएकोमा बिरोध जनाउँदै स्थानीयले आन्दोलन शुरु गरेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ११, बेसीशहर । पूर्वी लमजुङको एकमात्र राईनास नगरपालिकालाई गाउँपालिकामा घटुवा गरी प्रस्ताब भएकोमा बिरोध जनाउँदै स्थानीयले आन्दोलन शुरु गरेका"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राईनास नगरपालिकालाई गाउँपालिकामा घटुवा गरी प्रस्ताब भएकोमा बिरोध (भिडियो)

११ आश्विन २०७३, मंगलवार ०८:५२


असोज ११, बेसीशहर । पूर्वी लमजुङको एकमात्र राईनास नगरपालिकालाई गाउँपालिकामा घटुवा गरी प्रस्ताब भएकोमा बिरोध जनाउँदै स्थानीयले आन्दोलन शुरु गरेका छन् । राईनास सेवा समाजको अगुवाईमा भेला भएका नागरिकले आईतबार सदरमुकाम बेसीशहरमा बिरोध प्रर्दशन गरेका हुन् । 

जिल्लामा क्रियाशील राजनीतिक दलका उच्च नेतृत्व बिच बनेको नामाङ्कन र सिमाङकनको साझा धारणा, प्राबिधिक सहयोग समितिले तयार पारेको मुख्य प्रस्ताब र बैकल्पीक प्रस्ताबमा समेत राईनासलाई नगरपालिकाबाट गाउँपलिकामा घटुवा गरीएको भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् ।

आन्दोलित स्थानीयले बजारमा प्रर्दशन गर्दै निमित्त स्थानीय बिकास अधिकारी खिमबहादुर बि।क।लाई ज्ञापन पत्र पेश गरे । ज्ञापनपत्र बुझाउँदै समाजका अध्यक्ष रबिन्द्र पन्तले राईनासलाई गाउँपालिकामा घटुवा गर्ने प्रस्ताब सच्याउन आग्रह गरे । स्थानीयले दिएको ज्ञापनपत्रलाई आफुले प्राबिधिक सहयोग समितिमा राख्ने आश्वासन दिए । उनले गाउँपालिका र नगरपालिकाको अन्तर खासै नहुने भएकाले संयमित हुन आग्रह गरेका थिए ।

कोणसभामा नेपाली काँग्रेसका पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, नेकपा एमालेका कार्यालय सचिब सिहंबहादुर थापा, नेकपा माओवादीका मेखबहादुर भण्डारीले राईनास सेवा समाजले थालेको अभियानमा ब्यक्तिगत समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए ।

यता महासचिब पन्थीले भने निर्णय नसच्याए आफु जिबिसकै गेटमा आमरण बस्न तयार रहेको बताए । ‘हामी माथी ठुलो अन्याय भएको छ, उनले भने,‘ यदी यो सच्चिएन भने म आमरण बस्नपनि तयार छु ।’

निकै आक्रोशित भएका स्थानीयहरु आन्दोलनमा सहभागि हुन साबिकका गाबिसहरु र काठमाडौंबाट समेत उपस्थित भएका थिए । ‘ यो हाम्रो मात्रै नभई हाम्रो पुस्ताको भबिष्यमाथी जोडिएको बिषय हो, राईनासलाई नगरपालिकानै कायम हुनपर्छ भन्ने बिषयमा निरन्तर आवाज उठाउँदै आईरहेकी पत्रकार एबं राईनास सेवा समाजकी कोषाध्यक्ष स्वस्तिका चिलुवालले नागरिकपत्रसँग भनिन, ‘ हामी राईनास नगरपालिका कायम गराउनका लागि जस्तोसुकै संघर्ष गर्नुपरेपनि तयार छौं । ’

राईनासका स्थानीयले प्राबिधिक सहयोग समिति र जिल्लामा क्रियाशील राजनीतिक दलहरुलाई समेत ज्ञापन पत्र बुझाएको छ । राईनास सेवा समाजका अध्यक्ष रबिन्द्र पन्त, महासचिब पदमराज पन्थी र उपाध्यक्ष सुमन ढकालले हस्ताक्षर गरेको बिज्ञप्तीमा निर्णय सच्याउन माग गरिएको छ । 

‘नगरपालिकालाई चाहिने मापदण्ड पुरा हुने क्रममा छ, बिज्ञप्तीमा भनिएको छ, ‘ ईञ्जीनियरिङ संस्थान पुल्चोक क्याम्पसबाट यहाँको सम्भावना समेटेर, प्रोफाईल तयार भएको छ, क्याम्पस चाँडैनै खुल्दैछन् ।’  बिकासको प्रचुर सम्भावनाको क्षेत्र भएपनि नगरपालिकालाई गाउँपालिका बनाएर राईनासवासीहरुलाई अन्याय गरेको बिज्ञप्तीमा भनिएको छ । 

आन्दोलनमा नेपाली काँग्रेसका महासमिति सदस्य डा।टकराज गुरुङ लगायतको उपस्थिति थियो ।

लमजुङमा नामाङ्कनमा खासै बिबाद नदेखिएपनि सिमाङ्कन र केन्द्र निर्धारणमा भने अझै बिबाद नै छ । जिल्लाका राजनीतिक दलहरुले प्राबिधिक सहयोग समितिमा सातवटा केन्द्र र नौवटा केन्द्रका लागि छुट्टाछुट्टै साझा खाका प्रस्ताब गरेको छ । 

दलबाट प्राप्त सो खाकालाई प्राबिधिक सहयोग समितिले हु–बहु प्रस्ताबित गर्दै पठाएको छ भने बिभिन्न केन्द्रबाट आएका ज्ञापनपत्र, डेलीगेसनलाई आधार मान्दै थप अर्को प्रस्ताब पनि केन्द्रमा पठाएको छ ।

प्राबिधिक सहयोग समितिले सातवटा केन्द्र निर्धारण हुने गरी तयार पारको खाकालाई मुख्य प्रस्ताब र अन्य दुईलाई बैकल्पीक प्रस्ताब भनेको छ । मुख्य प्रस्ताबमा तिन नगरपालिका र चार गाउँपालिका छन् ।

दल र प्राबिधिक सहयोग समिति दुबैले बनाएको खाका राईनासलाई गाउँपालिकामा राखिएपछि राईनास क्षेत्रका स्थानीयवासी आन्दोलित हुँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड