१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैंअघि नै संविधान संशोधनको प्रस्ताव ल्याइन्छ: प्रधानमन्त्री

१२ आश्विन २०७३, बुधबार ०७:५०

असोज १२, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले दसैंअघि नै संविधान संशोधनको प्रस्तावको तयारीमा सरकार लागेको बताएका छन् ।

प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषयमा प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल भइरहेको बताए । उनले भने “नेकपा एमालेसँग पनि छलफल भइसकेको छ, राष्ट्रिय सहमतिमै संविधान संशोधनको प्रस्ताव पेस हुन्छ ।”

मधेसी मोर्चासँग हिजो भएको छलफलमा पनि यो विषय जानकारी गराएको प्रधानमन्त्री दाहालले उल्लेख गरे। उनले संविधान कार्यान्वयन र संशोधन सँगसँगै अघि बढ्ने कुरा मधेसवादी दललाई आफूले जानकारी गराएको बताए ।

इलाकालाई आधार मानेर स्थानीय निकायको गठन गर्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेसँगै स्थानीय निकायको निर्वाचनका लागि सहज भएको उनको भनाइ थियो ।

चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन गर्नपर्ने भन्दै त्यसका लागि युद्धस्तरमा काम गरिने उनले बताए । दलहरुको सहमतिमै २०७४ माघसम्ममा तीन तहको निर्वाचन गर्न सरकार लागिपरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

टिकापुर घटनाका आरोपीलाई कारबाही फुकुवा गर्ने विषयमा छलफल मात्रै भइरहेको उनले बताए । आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सोचेजति काम गर्न नसकेको बताउँदै उनले यसपटक संविधान कार्यान्वयन सँगसँगै विकासको गतिलाई तीव्रता दिने बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय आफ्नै पहलमा स्थापना भएको भन्दै प्रधानमन्त्री दाहालले त्यहाँ देखिएका समस्या समाधानमा आफू सकारात्मक रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल