२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तापक्रमले ४४ वर्ष अघिको रेकर्ड गर्‍यो ‘ब्रेक’, तराईमा अझै केहीदिन ‘हिट वेभ’

२०८०, २६ जेष्ठ शुक्रबार ०७:५८

जेठ २६, काठमाडौँ | जलवायु परिवर्तनका कारण पछिल्लो दिनहरुमा तराईका जिल्लामा तातो हावा 'हिट वेभ' बढ्न थालेको छ। जेठ १७ यता तापक्रम बढ्न थालेपछि तराईका जिल्लाहरुमा हिट वेभको खतरा बढेको मौसमविद् शान्ति कँडेलले बताइन्।

'३१ मेबाट हेर्दा तापक्रम बढेको देखिन्छ। तराई क्षेत्रमा बढी छ। पहिले यस्तो थिएन। तराई क्षेत्रमा ४० डिग्री बढी छ। हिजोको बेसमा ६ वटा स्टेसनमा हेर्दा ५ वटामै ४० भन्दा बढी छ,' कँडेलले भनिन्।

पछिल्लो दिनहरुमा तापक्रम बढ्दा तराईको जनजीवन प्रभावित भएको छ। 'हिट वेभ'ले समस्या देखिन थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले शुक्रवार सिंहदरवारमा यसबारे छलफल गर्न आयोजित कार्यक्रममा मौसमविद् कँडेलले यसपटक धेरै क्षेत्रमा तापक्रम वृद्धिमा 'रेकर्ड ब्रेक' भएको बताइन्।


नवलपरासीक दुम्कौलीमा बुधवारमात्र रेकर्ड ब्रेक भएको उनले उल्लेख गरिन्। उनका अनुसार यसअघि सन् १९७९ मा तापक्रम ४३.७ सेल्सियस रेकर्ड भएकोमा यस क्षेत्रमा बुधबार ४३.८ सेल्सियस पुगेको छ।

'नवलपरासीको दुम्कौलीमा ४३.८ सेल्सियस पुगेको छ। सन् १९७९ मा ४३.७ डिग्री पुगेको थियो। ओखलढुंगामा पनि हिट वेभ रेकर्ड ब्रेकिङ छ,' कँडेलले भनिन्, 'धेरै स्टेसनमा इभर रेकर्डिङ भएको छ। हिजोसम्म इक्ट्रिम मेक्सिमम रेकर्ड ब्रेकिङ छ। जुनमा पनि इभर रेकर्डेड भएको छ।'

उनका अनुसार गर्मीका कारण मनसुन समेत प्रभावित हुने देखिएको छ।

'मनसुन पनि प्रभावित हुने देखिन्छ। ड्राइ कन्डिसन छ। १३ जुनमा मनसुन सुरु हुनुपर्ने हो। तर ड्राइ नै छ अहिलेसम्म। १५/१६ सम्म वर्षा हुने देखिन्छ,' कँडेलले भनिन्, 'त्यसको हप्तादिनपछि फेरि ड्राइ हुने देखिन्छ। सरदरभन्दा अधिकतप तापक्रम अनगोइङ छ। न्यूनतम तापक्रम पनि बढ्ने देखिन्छ।'

भारतको केरलामा हिजोमात्रै मनसुन भित्रिएको थियो। साधरणतय केरलामा मनसुन भित्रिएपछि नेपालको पूर्व क्षेत्रसम्म आइपुग्न करिब १५-१६ दिन लाग्छ। केरलामा मनसुन प्रवेश भइसकेपछि नेपालमा पनि चाँडै मनसुन प्रवेश हुने मौसमविद्‍हरुको भनाइ छ। तर, अहिलेको सुख्खा अवस्थाले मनसुन केही ढिलो हुन सक्ने पनि उनीहरु बताउँछन्।

मौसम पूर्वानुमान महाशाखाले अझै केही दिनसम्मको देशभरिको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ भन्दै देशका तराई भू-भागहरूमा आगामी पाँच दिन सम्म तातो हावा तथा लू   को सम्भावना यथावत् रहने महाशाखाले जनाएको छ।

तराईमात्र होइन, काठमाडौंमा समेत तातो हावा चल्न थालेको छ। काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक बृद्धि भइरहेको र देशको तराई भू-भागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ।

महाशाखाले तातो हावा तथा लू बाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्‍न विभिन्न उपाय अपनाउन सुझाएको छ।

तातो हावा तथा लूबाट बच्‍न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नबस्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह