जेठ २८, काठमाडौँ | शनिबार राति इन्टर मिलानलाई हराएर म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेपछि प्रशिक्षक पेप ग्वार्डिओला सिजनको ट्रेवल (तीन ठूला प्रतियोगिता) उपाधि दुईपल्ट जित्ने इतिहासकै एकमात्र प्रशिक्षक बनेका छन् ।
ग्वार्डिओलाले सन् २००९ मा बार्सिलोनाका लागि प्रतिष्ठित लिग उपाधि, घरेलु कप र युरोपकै ठूलो उपाधि जितेका थिए । ग्वार्डिओला र उनका खेलाडीहरु यो उपलब्धी हासिल गर्ने दशौं टिम बनेका छन् ।
उनी अबका दिनमा एक महान फुटबल प्रशिक्षकका रुपमा कहलिनेछन् । अहिलेसम्म १७ वटा मुख्य प्रतियोगिताको उपाधिले मात्र होइन ग्वार्डिओलाले फुटबललाई नै परिवर्तन गराएका छन् ।
पेप ग्वार्डिओला यति विशेष बन्नुको प्रमुख कारण भनेको उनी निपूर्णताका लागि विशेष महत्व दिन्छन् । भलै त्यसको आवश्यकता नहुन सक्छ । उनको टिम यसै पनि जितको हकदार हुन्छ तर, उनी शतप्रतिशत योगदानका लागि प्रयास गरिरहन्छन् ।
फ्रान्स, आर्सनल र बार्सिलोनाका पूर्व फरवार्ड थिएरी हेनरीले ग्वार्डिओलालाई अहिलेसम्मका महान प्रशिक्षक भनेका छन् । अरु पनि त्यस्तै मान्छन् ।
म्यानचेस्टर सिटीका मिडफिल्डर फर्नान्डिन्होका अनुसार खेलका क्रममा खेलाडीको भूमिका र जिम्मेवारी सम्झाउन ग्वार्डिओला माहिर छन् । ‘म अहिले जसरी फुटबल हेर्छु, उनीसँग भेट्नुभन्दा अगाडि कहिल्यै त्यसरी हेरेको थिइनँ,’ फर्नान्डिन्हो भन्छन् ।
सन् २०११ मा म्यानचेस्टर युनाइटेडलाई हराएर बार्सिलोनाबाट पछिल्लो च्याम्पियन्स लिग उपाधि जित्दाका मिडफिल्डर जाभियर मास्केरानाका अनुसार सो खेल त्यस्तै भयो, जस्तो ग्वार्डिओलाले आफ्नो खेलाडीलाई सम्झाएका थिए ।
सिटीका इल्के गुण्डोगानले ग्वार्डिओलालाई खेलको अन्तर्य बुझ्न सक्ने र कल्पनाशील अवस्थालाई पनि बसमा पार्नसक्ने क्षमता भएको व्यक्तिका रुपमा चित्रित गर्छन् । स्वर्गीय योहान क्रुफका अनुसार सन् २००८ मा बार्सिलोनाको जिम्मेवारी सम्हालेयता नै ग्वार्डिओला फुटबललाई सुधार गर्न चाहन्थे । आफ्नो टिमलाई अर्को स्तरमा लैजान चाहन्थे । अर्जेन्टिनाका पूर्व प्रशिक्षक जर्ज साम्पाओलीले उनलाई फुटबलमा अहिलेसम्मकै सर्बाधिक कल्पनाशील प्रशिक्षक हुन् ।
ग्वार्डिओला टिमलाई गतिशील बनाइरहन्छन् । आफ्नो मापदण्डमा पर्न नसक्ने खेलाडीप्रति निर्मम बन्छन् । उनको स्तरमा मेल खाने खेलाडीले धेरै वर्षसम्म आफ्ना समकालीनभन्दा अगाडि रहेर खेल्न सक्छन् ।
सन् २००८ मा पहिलोपल्ट ग्वार्डिओलाको दर्शकबारे ज्ञान पाएका तत्कालीन गोलरक्षक भिक्टर भाल्डेस भन्छन्, ‘ग्वार्डिओलासँग मेरो पहिलो कुराकानी अहिले पनि याद छ । उनी नोउ क्याम्पमा आफ्नो कार्यकक्षमा थिए । त्यहीँ गोलपोष्टको नजिकै दुई चुम्बक रहेको रणनीति बोर्ड थियो । उनले मलाई सोधे– ‘ती दुई खेलाडी को को हुन थाहा छ ?’
उनैले थपे, ‘ती तिम्रा सेन्टर ब्याकहरु हुन्’, मलाई ग्वार्डिओलाले के भन्न खोज्दैछन् भनेर पत्तो पाउन कठिन भइरहेको थियो, ‘जव तिमीसँग बल हुन्छ म त्यस्तै चाहन्छु । मलाई लागेको थियो यी पागल हुन् ।’
‘त्यसपछि उनले मलाई भने, तिमीले उनीहरुलाई नै बल पास गर्ने हो । त्यहीँबाट खेलको निर्माण गर्ने हो’, त्यतिबेलासम्म मैले उनलाई पागल बनाइसकेको थिएँ, थोरबहुत पागल त म आफैँ पनि थिएँ । आफूसँग तालमेलको महशुस भएपछि मैले जवाफ दिएँ, ‘बल त्यसरी दिने हो भने डिफेण्डरहरु पनि उत्तिकै बलियो हुनुपर्छ ।’
ग्वार्डिओलाले जवाफ दिए, ‘चिन्ता नगर, त्यो मेरो काम हो । कस्ता डिफेण्डर चाहिन्छ म निश्चित गर्छु ।’
त्यसपछि एक नयाँ विश्वको ढोका खुल्यो ।
त्यसपछि अहिलेसम्म प्रशिक्षण सत्रको माध्यमबाट खेलाडीलाई त्यही गर्न तयार गरिनेछ जो उसका लागि आवश्यक छ ।
फुटबल सडकका गल्लीहरुबाट उदाएको खेल हो । जहाँ हरेक खेलाडीले आफ्नो व्यक्तिगत पहलबाट सुरु गरेको हुन्छ । तर, बिस्तारै एक संगठित समूहको प्रक्रिया बन्छ । ग्वार्डिओलाले धेरै अघिदेखि भन्दै आएका छन्, ‘खेलाडीहरु नै हुन् जो जितको वास्तविक हकदार हुन्छन् ।’
त्यसको अर्थ यो होइन कि खेलाडीहरु उनको निर्देशनविना पनि जितको हकदार हुन्छन् ।
म्यानचेस्टर सिटी टिम उनकै कलाको सबैभन्दा उत्कृष्ट नमूना हो । ११ खेलाडीमध्ये एक एकको विचार र जिम्मेवारीका लागि काम गर्नु एउटा प्रशिक्षकका लागि धेरै ठूलो चुनौति हो ।
उनलाई कुनै कुराको कमी पनि छैन । जे चाहेका छन् क्लब व्यवस्थापनले सबै मिलाइदिएको छ । विगतमा बायर्न म्युनिख र बार्सिलोनामा जब उनलाई त्यसभन्दा बढी गर्न सकिन्न भन्ने लाग्यो तत्कालै बाहिरिएका थिए ।