२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्थानीय उत्पादन प्रोत्साहन गर्न प्याज-आलुमा कर लगाइएको हो : अर्थमन्त्री महत

२०८०, २९ जेष्ठ सोमबार ०९:२५

जेठ २९, काठमाडौँ | स्थानीय उत्पादनलाई प्रोत्साहन (प्रमोट) गर्न प्याज-आलुमा कर लगाइएको अर्थमन्त्री प्रकाशशरण महतले दाबी गरेका छन् ।

बजेटमाथि प्रतिनिधिसभाका सांसदहरुले जवाफ दिँदै सोमबार संसद्‌मा उनले आलु-प्याज साना उत्पादन गर्ने किसान र साना पसलहरुमा लागु नहुने उनले जानकारी दिए । उनका अनुसार विशेषगरी ठूला पसलहरुमा बेच्न राखिएका प्यज-आलुमा कर लगाइएको हो ।

‘जहाँसम्म स्थानीय उत्पादनको के हुन्छ ? भन्ने कुरो छ । डिपार्टमेन्टल स्टोरहरुमा ठूलो स्केलमा, अर्गनाइज स्केलमा जसले सेल गर्छन् । त्यहाँ भने कर लाग्छ । त्यहाँ जाने अधिकांश तुलनात्मक रुपमा सम्पन्नहरु नै जान्छन्,’ अर्थमन्त्री महतले संसद्‌मा भने, ‘आम सप्लायरहरु छन् । साना-साना उत्पादन गर्नेहरु छन् । सानो-सानो पसलमा बिक्री गर्छन् । उनीहरु यो भ्याट करबाट छुट पाउँछन् । त्यसकारण स्थानीय उत्पादनलाई प्रमोट गर्न प्याज-आलुमा कर ल्याइएको हो ।’

उनले खाद्यवस्तुको आयात धेरै भएकाले पनि प्याज-आलुमा कर लगाउनुपरेको जनाएका छन् । कृषिप्रधान देशमा हामीहरुले आयात मात्र गरिरहेको हुँदा अर्बौं विदेशिनबाट रोक्नका लागि आलु-प्याजमा कर लगाइएको अर्थमन्त्री महतले दाबी गरे ।

‘एउटा विशेषगरी कुरो उठेको छ । खाद्यवस्तुमा, प्याज-आलु स्याउलगायत उपभोग्य वस्तुमा किन भ्याट लगाइयो ? भन्ने सवाल छ । यसमा खाद्य आयात धेरै भइरहेको छ । हामी कृषिप्रधान देश भन्छौं । तर हामी आयात मात्रै गरिराखेका छौं । अर्बौं गइरहेको छ भनेर हामीले भनिरहेका छौं । त्यसलाई संरक्षण गर्नुपर्‍यो,’ महतले भने ।

उनले स्थानीय किसान र उद्यमीको संरक्षणका लागि प्याज-आलुमा कर लगााइएको दाबी पनि गरे । ‘स्थानीय किसान, उद्यमीलाई संरक्षण गर्नुपर्‍यो भनेर यसमा ट्याक्स लगाइएको हो, भन्सारमा । साफ्टाको हाम्रो सम्झौताले गर्दा ज्यादा भन्सार हामीले लगाउन पाउँदैनौं । त्यसकारण भ्याटमार्फत यसलाई अलिकति क्षतिपूर्ति गर्ने कोसिस गरिएको हो । भन्सारविन्दुमै कर लाग्छ,’ अर्थमन्त्री महतले संसद्‌मा भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह